क्रमिकले १६ थान सिमकार्ड चलाएपछि...
काठमाडाैं | पुस २५, २०८२
काठमाडौं: आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर (प्यान) लगायतका कागजातको दुरुपयोग गरी आर्थिक कारोबार गर्ने १९ वर्षीया क्रमिक उप्रेती पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनले वाइड–स्पेस इन्टरनेसनल प्रालिका नाममा जारी भएको प्यान नम्बर लगायतका कागजातको दुरुपयोग गरी ईसेवा मर्चेन्ट वालेट र ईसेवा वालेट खोली गैरकानुनी रुपमा ईसेवा मचेन्ट आईडीबाट ५६ लाख ३३ हजार ६०३ रुपियाँ र ईसेवाबाट ५६ लाख ३१ हजार ६०३ रुपियाँ बराबरको कारोबार गरेको खुल्न आएको छ ।
प्रहरीकाअनुसार काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं। ७ स्थायी वतन भएका उप्रेतीलाई पक्राउ गरी बैकिङ कसुर र सट्टेबाजीजन्य कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।
उनीसँगै ल्यापटप एक थान, विभिन्न मोेडेलका मोबाइल दुई थान, एनसेल सिम कार्ड १६ थान, नमस्ते सिम कार्ड तीन थान, स्मार्ट सिम कार्ड एक थान, पेन ड्राइभ एक थान र मेमोरी कार्ड एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं । विश्वकपमा पहिलोपटक सहभागी भएको केप भर्डले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै आफ्नो ऐतिहासिक यात्रा जारी राखेको छ । शुक्रबार ह्युस्टनमा भएको खेलमा ०–० को बराबरीसँगै स्प...
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

