क्रमिकले १६ थान सिमकार्ड चलाएपछि...

काठमाडाैं | पुस २५, २०८२

क्रमिकले १६ थान सिमकार्ड चलाएपछि...

काठमाडौं: आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर (प्यान) लगायतका कागजातको दुरुपयोग गरी आर्थिक कारोबार गर्ने १९ वर्षीया क्रमिक उप्रेती पक्राउ परेका छन् । 


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनले वाइड–स्पेस इन्टरनेसनल प्रालिका नाममा जारी भएको प्यान नम्बर लगायतका कागजातको दुरुपयोग गरी ईसेवा मर्चेन्ट वालेट र ईसेवा वालेट खोली गैरकानुनी रुपमा ईसेवा मचेन्ट आईडीबाट ५६ लाख ३३ हजार ६०३ रुपियाँ र ईसेवाबाट ५६ लाख ३१ हजार ६०३ रुपियाँ बराबरको कारोबार गरेको खुल्न आएको छ ।


प्रहरीकाअनुसार काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं। ७ स्थायी वतन भएका उप्रेतीलाई  पक्राउ गरी बैकिङ कसुर र सट्टेबाजीजन्य कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ । 


उनीसँगै ल्यापटप एक थान, विभिन्न मोेडेलका मोबाइल दुई थान, एनसेल सिम कार्ड १६ थान, नमस्ते सिम कार्ड तीन थान, स्मार्ट सिम कार्ड एक थान, पेन ड्राइभ एक थान र मेमोरी कार्ड एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्