सुदन गुरुङको घोषणा: गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने
काठमाडाैं | पुस २५, २०८२
काठमाडौं: जेनजी अगुवा सुदन गुरुङले प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।
‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।
गोरखा उनको गृह जिल्ला हो । ‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवा’, उनले भनेका छन्, ‘नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल।’ पछिल्लो समय रास्वपासँग झुकाव राखेका उनले पार्टी भने खुलाएका छैनन् । प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा हुँदैछ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

