कांग्रेसले पुस २७ मा केन्द्रीय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने
काठमाडाैं | पुस २६, २०८२
काठमाडौं: नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
दाहाल २०५६ को आम निर्वाचनमा ओखलढुङ्गा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएको थियो ।
साथै उहाँले कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । दाहालले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर कांग्रेसको सङ्गठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताउनु भयो ।
यही पुस २६, २७ र २८ गतेसम्म पार्टीको केन्द्रीय, प्रदेश, जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने, पुस २७ गते, केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय भएको उहाँले बताउनु भयो ।
कार्यवाहक सभापति खड्काका अनुसार पार्टीले स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने, १३ औं दिनमा ओखलढुङ्गामा शोक सभाको आयोजना गर्ने प्रस्ताव प्रस्तुत गर्नु भयो । प्रस्तावलाई केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको छ । दाहालको शनिबार बिहान निधन भएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...
कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

