विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्छ: प्रदेश प्रमुख भट्ट
पाेखरा | पुस २५, २०८२
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ ।
सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्याणः तेस्रो संस्करण’ कार्यक्रममा प्रमुख अतिथि भट्टले सक्षम युवा जनशक्ति तयार पार्न शैक्षिक संस्थाले गुणस्तरीय, व्यवहारिक र सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने शैक्षिक वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
‘विज्ञान तथा प्रविधि अन्तर्गतको इञ्जिनियरिङ शिक्षाको महत्व विश्वभर नै उच्च छ । क्षमतावान प्राविधिकहरुको माग संसारमा बढिरहँदा हामीले प्राविधिक शिक्षालाई विश्वबजारमा प्रतिष्पर्धा गर्ने किसिमले स्तरवृद्धि गर्न आवश्यक पनि छ ।’ उहाँले भन्नुभयो ।
दक्ष जनशक्ति विदेश पलायनको अवस्था भयावह हुँदै गएको बताउँदै उहाँले जनशक्ति पलायनको यो दुरावस्थालाई समयमै नियन्त्रण गर्न जरुरी रहेको बताउनुभयो । ‘जनशक्ति पलायनको यो अवस्थालाई नियन्त्रणका लागि गतिलो आधार भनेको प्राविधिक शिक्षाको प्रभावकारी विकास नै हो ।’ उहाँले भन्नुभयो – ‘हरेक युवाले विदेशिनुलाई गौरव मान्ने मानसिकतालाई तोड्दै समृद्ध नेपाल निर्माणमा लाग्नुपपर्छ’
हरेक युवाले आफ्नो राष्ट्र प्रतिको दायित्वलाई मनन गर्दै समृद्ध नेपाल निर्माणका लागि अहोरात्र खटिनुपर्ने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो – ‘वास्तविक परिवर्तनका लागि समुदायका सबै तहका वर्ग र समूहको सहभागिता आवश्यक छ । यसमा सबैभन्दा सक्रिय र उर्जाशील तह भनेको युवा वर्ग हो ।’
‘युवाहरु कसैको उक्साहटमा नलागी, विरोध वा आन्दोलनमा सीमित नभई मुलुकलाई मनमा राखेर सामाजिक सेवा, ऐतहिासिक तथा सांस्कृतिक सम्पदा संरक्षण, प्रविधि प्रयोग र उद्यमशीलता जस्ता सकारात्मक गतिविधिमा सक्रिय भई समाज परिवर्तनमा योगदान दिनुपर्ने आवश्यकता छ ।’ उहाँले भन्नुभयो – ‘देश र समाजलाई संस्कार र मर्यादासहित आधुनिक युगमा डो¥याउने युवा वर्गले नै हो । तर, युवाहरू जागृत हुन बाँकी नै छ भन्ने महसुस भइरहेको छ ।’ भट्टले उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई आत्मनिर्भर बनाउनका लागि राज्यले उचित नीति र कार्यक्रम अवलम्वन गरी रोजगारी तथा अवसरको सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रदेश प्रमुख भट्टले यस कार्यक्रमले विद्यार्थीहरुको सिर्जनशीलता, प्रतिभा तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नेपालका इन्जिनियरिङ विद्यार्थीहरूलाई एकताबद्ध गर्न, उनीहरूका नवीन विचारहरू कार्यान्वयनका लागि प्रोत्साहित गर्न र मुलुकको संस्कृति र पर्यटनको प्रवद्र्धन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो ।
‘पछ्याणः संस्कृतिसँग, पहिचानसँग’ मूल मन्त्रका साथ नेपालका ईञ्जिनियरिङ कलेजहरु र प्रविधि क्षेत्रमा उत्साही युवा विद्यार्थीहरुलाई सहभागी गराई झण्डै दुई सातासम्म विविध कार्यक्रम गरी सञ्चालन गरिएको आयोजकले जनाएको छ । सुदूरपश्चिमबाट अध्ययनका लागि पोखरा आएका विद्यार्थीहरु संगठित भएर सन् १९९७ मा यो समाज स्थापना गरेका हुन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...
कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

