एमाले केन्द्रीय कमिटी बैठक: विधान संशोधनदेखि निर्वाचन तयारीसम्मका एजेन्डा

काठमाडाैं | पुस २६, २०८२

एमाले केन्द्रीय कमिटी बैठक: विधान संशोधनदेखि निर्वाचन तयारीसम्मका एजेन्डा

ललितपुर:  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको छ। बैठक ११ बजेदेखि ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड प्यालेसमा बसिरहेको छ ।


बैठकमा त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ। अध्यक्ष ओलीले केन्द्रीय कमिटीको पहिलो बैठकयताका राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका तथा आसन्न आम निर्वाचन र त्यसको तयारीका विषयमा स्पष्ट पार्ने कार्यक्रम छ।


बैठकको महत्वपूर्ण एजेन्डामध्ये पार्टी नियमावली संशोधन प्रमुख रहेको छ। दोस्रो विधान महाधिवेशन ९२०–२२ भदौ २०८२० र एघारौँ राष्ट्रिय महाधिवेशन ९२७ मंसिर–३ पुस २०८२० ले पार्टी विधानमा गरेको संशोधनका आधारमा नियमावलीमा आवश्यक संशोधन प्रस्ताव प्रस्तुत गरी पारित गरिने छ।


यसैगरी एघारौँ राष्ट्रिय महाधिवेशनको आम्दानी–खर्चसम्बन्धी मोटो विवरण पनि बैठकमा पेश गरिने छ।  पार्टीका अनुसार चितवनमा सम्पन्न एघारौँ महाधिवेशन, दशौँ महाधिवेशनको तुलनामा करिब तीन करोड रुपैयाँ कम खर्चमा सम्पन्न भएको थियो। 


आवास र यातायात खर्च नलागेकाले महाधिवेशन तुलनात्मक रूपमा किफायती भएको जनाइएको छ।


बैठकमा पुस १२ र पुस २२, २०८२ मा सम्पन्न केन्द्रीय सचिवालयका दुई बैठकले गरेका निर्णयहरू अनुमोदनका लागि प्रस्तुत गरिने छ। ती निर्णयहरू अन्तरपार्टी निर्देशन–१ मार्फत कार्यान्वयनमा गइसकेका छन्।


कार्यसूचीअनुसार एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम पनि रहेको छ।


बैठकको अन्त्यमा समसामयिक विषयमा विविध प्रस्ताव प्रस्तुत गरी पारित गरिने जनाइएको छ ।

पोखरा:   राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो ।   शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जन...

थप पढ्नुहोस्

सूर्यतारा क्लब पोखराको आयोजनामा ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ शुक्रबारबाट सुरु भएको छ ।    महोत्सवको शुक्रबार एक कार्यक्रमकाबीचमा प्रदेश खेलकुद परिषद गण्डकीका स...

थप पढ्नुहोस्

पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा ३२ औं ऐतिहासिक चैते दशैं मेला जारी छ । ग्रीन हिल क्लबको आयोजनामा विविध कार्यक्रम मध्ये महिला भलिबल प्रतियोगितामा एलिट भलिबल एकेडेमील...

थप पढ्नुहोस्