एन प्याब्सन कास्कीको २७ औं स्थापना दिवस: शिक्षा/साहित्यसेवा सम्मान प्राज्ञ कोइरालालाई

पाेखरा | पुस २७, २०८२

एन प्याब्सन कास्कीको २७ औं स्थापना दिवस: शिक्षा/साहित्यसेवा सम्मान प्राज्ञ कोइरालालाई

पोखरा:  नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरि आइतबार २७ औँ स्थापना दिवस मनाएको छ ।
 

स्थापना दिवसको अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरू सम्मान, एस.एल.सी. परीक्षा–२०८१मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी÷विद्यालय सम्मान, एस.ई.ई.परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी÷विद्यालय सम्मान दीर्घ सेवापदक सम्मान–२०८२ बाट सम्मान गरिएको थियो ।


कार्यक्रममा संस्थाले यस वर्ष शिक्षा÷साहित्यसेवा सम्मान–२०८२ बाट बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालालाई सम्मान गरेको छ । कोइरालालाई कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष राम बहादुर मोची, उपाध्यक्ष विष्णु पराजुली र कास्कीका अध्यक्ष हेमन्त अधिकारीले नगद २५ हजार सहित सम्मान पत्र, दोसल्ला ओढाई सम्मान गरेका थिए । 


यसैगरी स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान गरिएको छ । यसरी सम्मानित हुने विद्यालयहरुमा न्यू लिटिल स्टेपसेकेन्डरी स्कुल–२०५७, नेसनल क्रियशन एकेडेमी–२०६३, ओम एकेडेमी–२०६३ र पिक एभरेष्टबोर्डिङ स्कुल–२०६४ रहेका छन् ।


एस.ई.ई. २०८१ मा सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरू अञ्जुली आवासीय मा.वि, बालप्रतिभा बोर्डिङ स्कुल, हिलसाइड इङ्लिस सेकेन्डरी स्कुल, लाविन रेसिडेन्सियल स्कुल, नेसनल व्रिmयसन एकेडेमी, पुष्पसदन एकेडेमी कास्की, श्री रत्नज्योति मा.वि. र युनिभर्सबोर्डिङ स्कुललाई सम्मान गरिएको थियो ।


एस.एल.सी. परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी÷विद्यालय सम्मानमा आशिष गौतम, कास्की मोर्डनाइज्ड एकेडेमी, ३.८५ जी.पी.ए., अलिशा पुन, त्रिवेणी पब्लिक मा.वि., ३.७८ जी.पी.ए. ल्याउने विद्यार्थीलाई नगद १०÷१० हजार सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।


त्यस्तै एस.ई.ई.परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी÷विद्यालय सम्मानमा दिप्सन घर्ती, कास्की मोर्डनाइज्ड एकेडेमी, ४.०० जी.पी.ए., नितेश थापा, कास्की मोर्डनाइज्ड एकेडेमी, ४.०० जी.पी.ए., सुस्मा खत्री, बड्स एकेडेमी, ४.०० जी.पी.ए., नितु भण्डारी, बड्स एकेडेमी, ४.०० जी.पी.ए. र कृतिका बि.क., लाविन रेसिडेन्सियल स्कुल, ४.०० जी.पी.ए. ल्याएका विद्यार्थीलाई नगद ५०÷५० हजार र सम्मान पत्रले सम्मान गरिएको थियो ।


त्यसैगरी दीर्घ सेवापदक सम्मान–२०८२ बाट सम्मान हुनेमा बगमारा एकेडेमिक गार्डेन पोखरा–३३, कास्कीका शिक्षक विष्णु कुमारी अधिकारी, बड्स एकेडेमी पोखरा–०६, कास्कीका शिक्षक गीता देवी डुम्रे, गोर्खा बोर्डिङ स्कुल पोखरा–१६, कास्कीका शिक्षक दिपा थापा, ज्ञानज्योति बोर्डिङ स्कुल माछपुच्छ«े–०४ का शिक्षक दुर्गा अधिकारी, ज्ञानज्योति विद्याकुञ्ज मा.वि पोखरा–३२, कास्कीका शिक्षक मित्रबन्धु सुवेदी रहेका छन् । 


हेम्जा बोर्डिङ स्कुल पोखरा–२५, कास्कीका शिक्षक रिता देवकोटा पौडेल र कर्मचारी चेत बहादुर कुँवर, कान्तिपुर एकेडेमीअफ साइन्स एण्डटेक्नोलोजी पोखरा–१४, चाउथेका कर्मचारी विजय लामा, कास्की मोडर्नाइज्ड एकेडेमी पोखरा–१४, चाउथेका शिक्षक गंगा आले र कर्मचारी विमाया माझकोटी, लेखनाथ मेमोरियल इङ्लिस बोर्डिङ स्कुल पोखरा–२७, कास्कीका शिक्षक पुनम थापा, न्यू लेखनाथ पब्लिक एकेडेमी पोखरा–३०, कास्कीका शिक्षक इन्दिरा सुवेदी, कृष्णतिवारी, ओम एकेडेमी पोखरा–१७, कास्कीका शिक्षक बिष्णुमाया सुनार, शान्ती थापा कर्मचारी अमृत वि.क. रहेका छन् ।


पिक एभरेष्टबोर्डिङ स्कुल माछपुच्छ«े, कास्कीका शिक्षक पार्वती भण्डारी गौतम, पुस्पा रिमाल आचार्य, पयेनियर इङ्लिस एकेडेमी पोखरा–१५, कास्कीमन शिक्षक रोशनी गुरुङ, पुष्पसदन एकेडेमी पोखरा–१२, कास्कीका शिक्षक अजय थापा र मञ्जु पहारी थापा, सागर मेमोरियल बोर्डिङ स्कुल माछपुच्छ«े–३, कास्कीका शिक्षक बेदकुमार श्रेष्ठ, सिर्जना श्रेष्ठ लेखापाल सिता देवी श्रेष्ठ रहेका छन् ।


त्यस्तै शान्ति बाटिका बोर्डिङ स्कुल पोखरा–३२, कास्कीका शिक्षक राजबन्धु बस्नेत, मिठु मल्ल, शोभा श्रेष्ठ लेखापाल पुष्पा कुमारी थापा कर्मचारी इन्द्रकुमार श्रेष्ठ, सनराइज प्रिपारोटरी स्कुल पोखरा–२४, कास्कीका शिक्षक लोकनाथ लामीछाने, दुर्गा भण्डारी पराजुली, त्रिवेणी पब्लिकमा.वि पोखरा–२७, कास्कीका शिक्षक खगराज धमला कर्मचारी रिता पुर्जा र श्री रत्नज्योती मा.वि. पोखरा–८, कास्कीका शिक्षक सारदा कुमारी पौडेल रहेका छन् ।


कार्यक्रममा बौल्दै प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठले एन प्याब्सनले गर्ने हरेक कार्यक्रम उत्कृष्ट रहेको बताए । सम्मानित व्यक्तित्व बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालाले पवित्र संस्थाबाट सम्मानित हुन पाएको भन्दै खुशी व्यक्त गरिन् । शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले संस्कारयुक्त, प्रतिस्पर्धी, जीवन जिउन सक्ने खालको शिक्षा अहिलेको आवश्यकता भएको बताए । 


कार्यक्रममा नेसनल प्याब्सनका वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष राम बहादुर मोची, उपाध्यक्ष विष्णु पराजुली, प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, हिसान कास्कीका अध्यक्ष दिवाकरर जैसी, प्याब्सियु केन्द्रीय कार्यसमिति अध्यक्ष शिवलाल उपाध्याय, लेखनाथ मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका शिक्षक पुनम थापाले बोलेका थिए ।


नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

अर्को समाचार

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

थप पढ्नुहोस्

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’  ...

थप पढ्नुहोस्

काठमाडौं:  गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।   चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।   इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

थप पढ्नुहोस्