आजदेखि नगद कारोबारमा ५ लाखको सीमा

काठमाडाैं | माघ १, २०८२

आजदेखि नगद कारोबारमा ५ लाखको सीमा

काठमाडौं:  आजदेखि नगद कारोबारमा ५ लाखको सीमा कायम भएको छ । मङ्सिर १६ गतेको निर्णय र राष्ट्र बैंकको केही दिनअघिको परिपत्र अनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा बढी नगद कारोबार गर्न नपाउने भएका हुन् । यसअघि यो सीमा १० लाख रुपैयाँ रहेको थियो । 


यो व्यवस्था लागू भएसँगै अबदेखि कुनै पनि व्यक्तिले एक पटकमा बैंकमा गएर ५ लाख रुपैयाँ भन्दा बढी नगद निकाल्न पाउने छैनन् । त्यस्तै कुनै सामानको खरिदबिक्री गर्दा पनि सो सीमाभन्दा धेरै नगदमा लेनदेन गर्न पाइँदैन । 


नेपाल अहिले सम्पत्ति शुद्धीकरणको ग्रेलिस्टमा छ । धेरै नगद कारोबार हुँदा अवैध कारोबारको सम्भावना रहने भन्दै यो निर्णय गरिएको हो । यो निर्णयले डिजिटल तथा अनलाइन कारोबारलाई सहयोग पुग्ने विश्वास लिइएको छ । 


सरकारले निर्णय गरेको यो नियम बैंक तथा वित्तीय संस्था मात्रै नभएर सबै प्रकारका वित्तीय संस्था वा अन्य व्यावसायिक संस्थाको हकमा समेत लागु हुनेछ । तर केही विशेष अवस्थामा भने यो नियम लागु हुँदैन । 


खासगरी बैंक वा वित्तीय संस्थामा निक्षेप नगद जम्मा गर्न जाँदा वा सावाँ ब्याज तिर्दा जतिसुकै रकम पनि राख्न सकिन्छ । नगदमा निकाल्न भने ५ लाखभन्दा धेरै पाइँदैन । 


बैंकहरू बिचको अन्तर बैङ्क कारोबारमा पनि जतिसुकै रकम कारोबार गर्न सकिन्छ । रेमिट्यान्स कम्पनी सहकारी संस्थाहरूले कारोबार प्रयोजनका लागि समेत जुनसुकै सीमामा रकम निकाल्न पाउनेछन् । उनीहरूका लागि कारोबार सीमामा समेत सहजीकरण गर्ने व्यवस्था गरिएको छ । 


पूर्वाधार आयोजना, जलविद्युत्, सडक र सञ्चार क्षेत्रका कर्मचारी तथा श्रमिकको पारिश्रमिक एवं ज्याला भुक्तानी गर्नको लागि पनि सीमाभन्दा धेरै कारोबार गर्न पाइनेछ । 


यी बाहेक सरकारी राजस्व, बिगो, धरौटी, पेन्सन वितरण, राहत तथा अनुदान सहायता वितरण, आयोजनामा आवश्यक मालसामानको आपूर्ति गर्न, सरकारलाई बुझाउनुपर्ने राजश्व भुक्तानी गर्न, बिगो धरौटी जमानत रकम जम्मा गर्न, पेन्सन क्याम्प मार्फत पेन्सन वितरण गर्ने लगायतका कार्यलाई यो सीमा लागू हुँदैन । 


यो व्यवस्था लागू भए पनि एउटै व्यक्तिले ५ लाखभन्दा धेरै नगद कारोबार गर्न पाउँछन् । तर, यसको स्रोत र प्रयोजन भने खुलाउनु पर्नेछ ।

पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले माघे (मक) संक्रान्ति÷माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले हाम्रा चाडपर्वले हाम्रो भौगोलिक...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित ह...

थप पढ्नुहोस्

पोखरा–१४ मनकामना टोलमा मनोहर कप तेस्रो क्लबस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।    मनोहर युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास...

थप पढ्नुहोस्