त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडाैं | माघ १, २०८२

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द सांकेतिक तस्वीर

काठमाडौं: महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ। 


अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामार्फत गराइने सबै उपचार सेवा बन्द गरिएको जानकारी दिनुभयो। 


स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रममार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा बिमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको बताउनुभयो। 


अस्पतालले स्वास्थ्य बिमामार्फत बीमितको उपचार गरेवापत बोर्डबाट करिब ४० करोड भुक्तानी लिन बाँकी रहेको छ। 


“स्वास्थ्य बिमामार्फत मासिक दुई करोड बराबरको सेवा  उपलब्ध गराउँदै आएका थियौँ”, सूचना अधिकारी रोस्याराले भन्नुभयो, “बीमितको उपचार गरेवापतको रकम समयमा उपलब्ध नहुँदा अस्पताल सञ्चालन गर्न समस्या भयो। आन्तरिक स्रोतबाट अस्पतालले सबै खर्च व्यहोर्नुपर्ने हुँदा मासिक रु दुई करोड घाटा खाएर स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नसकिएको हो।”


अस्पतालले २०७७ सालदेखि नियमित रुपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा प्रदान गर्दै आएको थियो। बिमा वापतको रकम भुक्तानी गर्न बोर्डलाई दुई वर्षदेखि आग्रह गर्दा कुनै सुनवाइ नभएको सूचना अधिकारी रोस्याराले बताउनुभयो।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्