आयोजक टोलीले जित्यो मनोहर कप भलिबलको उपाधि
पाेखरा | माघ ३, २०८२
पोखरा: पोखरामा भएको मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टोलीले जितेको छ ।
मनोहर क्लबको आयोजनामा पोखरा–१४ मनकामना टोलको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा युनाइटेडलाई ३–० को सोझो सेटमा पराजित गर्दै आयोजक टोलीले उपाधि रक्षा गरेको हो ।
आयोजक टोलीले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पा¥यो ।उपाधिसँगै आयोजक टोलीले एक लाख ७५ हजार ५५५ रुपैयाँ प्राप्त ग¥यो । उपविजेता बनेको पोखरा युनाइटेडले एक लाख एक हजार १११ रुपैयाँमा चित्त बुझायो ।
सेमिफाइनलसम्म पुगेका नवज्योति युवा क्लब र पकुवा भलिबल क्लबले जनही २० हजार पाए ।
प्रतियोगितामा सञ्जुविक्रम शाह सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ८ हजार र ट्रफी हात पारे । सन्दीप सुनार स्पाइकर, दीपक थापा डिफेन्डर, अजय सुनार ब्लकर, सञ्जोक परियार सर्भर, लप्सन सुनार उदीयमान र सुमन राना प्रशिक्षक विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ५ हजार पाए । प्रतियोगितामा १४ टोलीले सहभागिता जनाएका थिए ।
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटक...
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

