सभापति बनेपछि पहिलो पटक सानेपा छिर्दै गगन
काठमाडाैं | माघ ८, २०८२
FILED PHOTO
काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् ।
गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनले पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा बैठक राखेका हुन् । सभापति बनेपछि थापाले दुईवटा बैठक राखेका थिए । जसमा एउटा ललितपुर र अर्को काठमाडौंको पार्टी प्यालेसमा राखिएको थियो ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापा विशेष महाधिवेशनपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गर्दैछन् ।
सानेपामा शुक्रबार दिउँसो पदस्थापना गरेपछि उनी यसपटक उठ्न लागेको नयाँ निर्वाचन क्षेत्र सर्लाही ४ पुग्ने भएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । जहाँ उनलाई कांग्रेस छाडेका डा। अमरेश सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनौती दिँदैछन् ।
विशेष महाधिवेशनको विवादमा सर्वोच्च अदालत अदालतले अन्तरिम आदेश नदिएसँगै गगनलाई कामको बाटो खुलिसकेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन गैरकानुनी रहेको बताउँदै सर्वोच्चमा रिट हालेको थियो । उक्त रिटमा न्यायाधीश सुनीलकुमार पोखरेलले मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै सभापति थापाको नाममा कारण देखाऊ आदेश मात्रै दिएको छ। उनले १५ दिनभित्र लिखित जवाफ दिनुपर्नेछ ।
प्रारम्भिक आदेशमा सर्वोच्चले उक्त मुद्दालाई प्राथमिकतामा राख्दै कानुनी र संवैधानिक अवस्था हेरेर सुनुवाइ गर्नुपर्ने देखिएको जनाएको छ।
विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भइसक्दा पनि कांग्रेसले आफ्नो वेबसाइट अद्यावधिक गरेको छैन। कांग्रेसको वेबसाइटमा पुरानै कार्यसमितिको नाम र तस्बिर छ। तर जहाँबाट गगन थापा र विश्वप्रकाश शर्मासहितको नाम र तस्बिर हटाइएको छ।
यस्तोमा शुक्रबार गगनले सानेपामा पदस्थापन गर्न लागेका हुन् । ‘भोलि पार्टीको निर्वाचन केन्द्रित बैठकहरू छन् । सभापतिज्यू पार्टी केन्द्रीय कार्यालय पुगेर पहिला पदस्थापना गर्नुहुनेछ’, चालिसेले भने, ‘त्यसपछि निर्वाचन क्षेत्रमा जाने कार्यक्रम निर्धारण गर्छौँ ।’
काठमाडौं: प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वा...
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ द्धारा आयोजित वडा स्तरीय खेलकुद महोत्सवमा बुधवार डोरी तान र ब्याडमिन्टन तर्फको खेल सम्पन्न भएका छन । यस्तै प्रतियोगितामा भलिबल, यूनि हक्की र फुटबल प्रतियोगि...
काठमाडौं: अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए । अमेरिकाले ...

