पोखरा महोत्सवमा आयोजित छेलो प्रतियोगिताको उपाधि निशानलाई

पाेखरा | माघ ८, २०८२

पोखरा महोत्सवमा आयोजित छेलो प्रतियोगिताको उपाधि निशानलाई

पोखरा:  पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन । 


प्रतियोगितामा परियारले १४.३३ मिटर दुरी छेलो फाल्दै प्रथम स्थान हासिल गर्न सफल भएका हुन । त्यस्तै, स्याङ्जाका दुजिक थापाले १४.१३ मिटरको उत्कृष्ट प्रदर्शनसहित द्वितीय स्थान प्राप्त गरे भने पर्वतका युवराज गुरुङले १३.५९ मिटर छेलो फाल्दै तृतिय स्थान हासिल गरे ।


प्रतियोगितामा प्रथम, द्धितिय र तृतियले क्रमश नगद ४०, २५ र १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।  प्रतियोगितामा बिजयीहरुलाई महोत्सव आयोजक युुनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, कार्यसमिति सदस्यहरु गणेश खड्का, सन्तोष कार्की, प्रतियोगिताका संयोजक गज बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।


अन्तिम चरणमा कास्की, पर्वत, स्याङ्जा र लमजुङ लगायत जिल्लाका ८ जना खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा खेलाडीहरूले उत्साहजनक र प्रतिस्पर्धात्मक प्रदर्शन प्रस्तुत गरेका थिए । आयोजकका अनुसार यस्ता प्रतियोगिताले स्थानीय स्तरका खेलाडीलाई प्रतिभा प्रकट गर्ने अवसर मिल्नुका साथै परम्परागत खेलको संरक्षण र प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास लिइएको छ ।


त्यसैगरी महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा अन्जुली बो.ई., सूर्योदय इ.बोे.ई. कास्की मोडनाइज्ड, शोसल पब्लिक स्कुल र अमरसिंह मावि (ई) फाइनलमा प्रवेश गरेका छन । र आयोजकको वाइल्ड कार्डबाट विभूती शिक्षा सदन फाइनलमा प्रवेश गरेको छ । फाइनल राउण्ड माघ १० गते हुने विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताका संयोजक विष्णु कुमार गुरुङले जानकारी दिए ।


महोत्सव दशौं दिन सम्म आइपुग्दा दर्शकको उल्लेख्य सहभागीता रहेको छ । दर्शकको सहभागीता संगै महोत्सवमा राखिएका स्टलहरुको कारोबार समेत बढ्दो छ । महोत्सवमा बिहीबार लोकदोहोरी तर्फ अस्मिता अधिकारी, चोलेन्द्र पौडेल, कृष्ण गुरुङ, कुमार पुन, जगत गौडेल, पुजा गुरुङ, समिर पुन, साबित्री शाही ठकुरी लगायतको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । साँझको लाइभ ब्याण्ड तर्फ जेम्सीको प्रस्तुतीमा युवाहरु झुमे ।


महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ सम्झना लामिछाने मगर र साँझको लाइभ ब्याण्डमा सबिन राईको प्रस्तुती रहने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।   शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...

थप पढ्नुहोस्

पोखरा।   कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् ।    एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...

थप पढ्नुहोस्

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्