राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पुरा,भोलि बिहान ९ बजेदेखि मतदान

काठमाडाैं | माघ १०, २०८२

राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पुरा,भोलि बिहान ९ बजेदेखि मतदान सांकेतिक तस्वीर

काठमाडौं:  राष्ट्रिय सभाका रिक्त १७ सिटकालागि भोलि निर्वाचन हुँदैछ । मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ ।


१८ सिट रिक्न हुने भएपनि नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले १७ जनाकालागि निर्वाचन हुन लाथेको हो । सो निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुख गरी २ हजार ४३ मतदाता कायम भएका छन् ।


जसमध्ये केही प्रदेश सभा सदस्य र केही स्थानीय पालिकाका प्रमुखले प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्न राजिनामा दिएकाले मतदाताको यकीन संख्या कायम गर्न बाँकी रहेको आयोगले जनाएको छ ।


निर्वाचनमा प्रदेश सभा सदस्यकालागि ५३ र स्थानीय तहका पदाधिकारीकालागि १९ मतभार तोकिएको छ । भोली हुने निर्वाचनकालागि सबै तयारी पुरा भएको पनि आयोगले जनाएको छ

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्