बाग्लुङमा घुम्ती सेवा शिविर, तीन सय ६१ लाभान्वित
बाग्लुङ | साउन ३१, २०७९
बागलुङ नगरपालिकाद्वारा सोमबार आयोजित ‘घुम्ती सेवा शिविर’ मा भकुण्डेका तीन सय ६१ नागरिकले विभिन्न पाँच प्रकारका सेवा प्राप्त गरेका छन् ।
बागलुङ-१० भकुण्डेमा सञ्चालित शिविरमा योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण, निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण, वित्तिय साक्षरता र माटो परीक्षणलगायत सेवा प्रदान गरिएको थियो । शिविरमा चालु आर्थिक वर्षका १६ योजना सम्झौता भएको वडाध्यक्ष तीलबहादुर थापाले जानकारी दिनुभयो । सो अवसरमा महिला अध्यक्ष भएका चार , पुरुष अध्यक्ष भएको नौ र संस्थागत तीन गरी १४ योजना समेत सम्झौता भएका थिए । सम्झौता गरिएका सबै योजनाको बैंक खाता खोलिएको छ ।
शिविरमा सञ्चालित निःशुल्क स्वास्थ्य जाँच तथा उपचार सेवाबाट एक सय ५१ लाभान्वित भएका छन् । तीमध्ये ६७ महिलाको पाठेघर जाँच र उपचार गरिएको जनाइएको छ । तीमध्ये दुई महिलाको पाठेघर खसेकोमा रिङ्ग पेशरी राखिएको र १६ महिलाले यौनजन्य रोगको उपचार तथा परीक्षण र तीन जनाको परिवार नियोजना गरिएको जनाइएको छ ।
एक सय चार जनाको मधुमेह परीक्षण गरिएको छ । स्वास्थ्य शिविरबाट अधिकांश उच्च रक्तचाप, स्त्री रोग र हाडजोर्नीका बिरामीले लाभ लिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले जानकारी दिनुभयोे । नयाँ र पुरानो गरी ३० जनालाई अपाङ्गता परिचयपत्र वितरण वितरण गरिएको छ । ती मध्ये ‘क’ वर्गका १५, ‘ख’ वर्गका १० र ‘ग’ वर्गका पाँच छन् ।
शिविरकै अवसरमा कृषि प्राविधिकले किसानको खेतबारीमै पुगेर माटोको गुणस्तर परीक्षण गरेका थिए । चालीस रोपनी जग्गालाई समेटिएर १५ स्थानको माटोको नमूना परीक्षण गरिएको थियो । नगरका कृषि शाखा प्रमुख राहुले केसीका अनुसार भकुण्डेको माटोमा अधिकांश अम्लियपन रहेको पाइएको छ । शिविरमा उपभोक्ता समिति, टोल विकास समिति र सर्वसाधारण गरी ४५ लाई वित्तीय सारक्षरता अनुशिक्षण दिइएको थियो । बालमैत्री नगरपालिका घोषणा गर्नका लागि आवश्यक सूचकहरु पूरा गर्नका लागि १५ सदस्यीय बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको थियो ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

