न्यू डायमण्डसँग थाइल्याण्ड पराजित, पुलिस फाइनलमा प्रवेश

पाेखरा | माघ १४, २०८२

न्यू डायमण्डसँग थाइल्याण्ड पराजित, पुलिस फाइनलमा प्रवेश

पोखरा:   छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ न्यू डायमण्ड स्पोट्स क्लबले थाइल्याण्ड क्विन्सलाई सोझो सेटमा पराजित गरेसँगै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।


पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा न्यू डायमण्डले थाइल्याण्डलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । न्यू डायमण्डले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो । न्यू डायमण्ड अपराजित रहँदै फाइनलमा पुगेको हो ।


थाइल्याण्ड पराजित भएसँगै ४ खेलबाट ७ अंक जोडेको पुलिस फाइनलमा प्रवेश गरेको हो । थाइल्याण्डले ४ खेलबाट ६ अंक प्राप्त ग¥यो । अब महिलातर्फको उपाधिका लागि न्यू डायमण्ड र नेपाल पुलिस क्लब भिड्नेछन् । तेस्रो स्थानका लागि थाइल्याण्ड क्विन्स र सशस्त्र प्रहरी बल एपीएफबिच प्रतिष्पर्धा हुनेछ । तेस्रो स्थानका लागि भोलि र फाइनल खेल पर्सि हुनेछ ।


अब पुरुषतर्फ पनि दुई खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल पुलिस र एपीएफबिच हुनेछ । त्यसपछि त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ भिड्नेछन् ।


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा भएको प्रतियोगितामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्ने छन् ।

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र  अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ ।   रिपोर्टका अनुसार, सुरुमा द...

थप पढ्नुहोस्