आदर्श कपको उपाधिका लागि होराइजन क्लब र नेपाल प्रहरी भिड्ने

पाेखरा | माघ १४, २०८२

आदर्श कपको उपाधिका लागि होराइजन क्लब र नेपाल प्रहरी भिड्ने

पोखरा:  होराइजन क्लब स्याङ्गजा र नेपाल प्रहरी गण्डकी प्रदेशको टीम २६ औं आदर्श कपको फाइनलमा भिड्ने भएका छन् । 


कास्कीको लेखनाथमा माघ ९ देखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत बुधवार होराइजन क्लब स्याङ्गजा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको टिमका विच भएको सेमिफाइनल खेलमा होराइजन क्लब १–० गोल अन्तरले विजयी बनेपछि मंगलवारको विजेता नेपाल प्रहरी गण्डकी प्रदेशको टीमसँग भिड्ने पक्का भएको हो । प्रहरीले तनहुँ जिल्ला फुटबल विकास समितिको टिमलाई पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको थियो ।


माघ १६ गते दिनको १ बजे हुने फाइनल खेलमा  प्रथम हुने टोलीले रु. ४ लाख ९९ हजार ९सय ९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले रु. ३ लाख ३३ हजार ३सय ३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।


बुधवार होराइजन क्लब स्याङ्गजाको टीमका जर्सी नं ११  का खेलाडी टिकाराज गुरुङ्गले खेलको ७३ औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। उनले बुधवारको म्यान अफ द म्याच बन्न सफल भई पाँच हजार पुरस्कार प्राप्त गरेका थिए । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्