पोखरामा स्कुटर मर्मत गर्दागर्दै आगलागी
पाेखरा | साउन ३१, २०७९

पोखराको नयाँबजारमा आज दिउँसो स्कुटर मर्मत गर्दागर्दै आगलागी हुुँदा स्कुटर पूर्णरुपमा नष्ट भएको छ ।
नयाँबजार स्थित ग्रेस मोटरसाइकल सर्भिस सेन्टरमा मर्मत गर्न ल्याइएको ग ७ प ५७५७ नम्बरको स्कुटरमा वेल्डिङ गर्दै गर्दा आगो लागेको स्कुटर धनी कर्णबहादुर पुनले बताए । उनले भने,‘ चलाउँदै आउँदा साइलेन्सरबाट आवाज आयो, वोर्कसपमा देखाउँछुु भन्दै ल्याएको यहाँ वेल्डिङ गर्दै हुुनुुहुुन्थ्यो । वेल्डिङ गर्दा गर्दै जल्यो’
स्थानीयका अनुसार ग्रेस मोटरसाइकल सर्भिसमा आगलागी भएको यो तेस्रो पटक हो । सवारी मर्मत गर्ने क्रममा हेलचक्राइ गर्दा आफ्नो स्कुटर जलेको कर्णबहादुरले बताए । ‘केही नहोला भनेर साइडमै मर्मत गरेको हेरीरहेको थिए । स्कुटरम एक्कासी आगो लाग्यो । स्कुटर भित्र भएका कागजपत्र पनि निकाल्न पाइन,’ उनले भने ।
पुनका अनुसार स्कुटरका डिक्रीमा भएको बिलबुक, लाइसेन्स र अन्य व्यक्तिगत जलेर नष्ट भएको छ ।
रुपन्देही: रुपन्देहीको भैरहवास्थित डण्डा खोलामा डुबेर दुई किशोरको मृत्यु भएको छ । शनिवार साँझ पौडी खेल्न गएका सिद्धार्थनगर–९, भट्टटोल बस्ने चण्डिप्रसाद अर्यालका छोरा १४ वर्षीया प्रज्वल अर्याल र नवलपरासी...
पोखरा: नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०८२ को अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा तीज महोत्सव हुने भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको ...
कञ्चनपुर: भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । विसं २०७५ साउन १० गते साथी...