जानकीका विद्यार्थीलाई ईक्रा फाउण्डेशनको सहयोग

पाेखरा | माघ १५, २०८२

जानकीका विद्यार्थीलाई ईक्रा फाउण्डेशनको सहयोग

पोखरा:  जानकी माध्यामिक विद्यालय पोखरा १७ का विद्यार्थीलाई ईक्रा शिक्षा फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । संस्थाले विद्यालयका जेहेन्दार एवम् विपन्न वर्गका २० जना विद्यार्थीलाई जनही दुई हजारका दरले नगद वितरण गरेको हो ।
    

विद्यालयमा आज आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोला,इक्रा शिक्षा फाउण्डेशनका केन्द्रीय अध्यक्ष शेख जहागिर, प्रधानाध्यापक अर्जुन कडेल लगायतले विद्यार्थीलाई नगद वितरण गर्दै रकमको सही सदुपयोग गर्न अनुरोध गर्नुभयो । 
    

प्रत्येक कक्षाका दुई जनाका दरले आर्थिक सहयोग गरिएको कार्यक्रममा विद्यार्थीहरुले प्राप्त रकम आवश्यक शैक्षिक सामाग्री खरिदमा लागनी गर्ने विश्वास व्यक्त गरेका थिए । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् ।
    

सो संस्थाले पोखरा १७ दोविल्लामा मदसा(विद्यालय) संञ्चालनका लागि आवश्यक जग्गा खरिद गरेर भौतिक संरचना निर्माण गरिरहेको छ । विद्यालयमा नेपाली, अग्रेजी सहित मुस्लिम भाषाको पढाई हुने फाउण्डेशनका अध्यक्ष शेर जहारिले जानकारी दिनुभयो ।
    
     
 

पोखरा:   थारू आयोग, नेपालले गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगकी सदस्य शान्ति मोदीले बिहीबार एक कार्यक्रमबीच प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । ...

थप पढ्नुहोस्

पोखरा: पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत  पर्यटकीय गन्तव्यमा बिना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए...

थप पढ्नुहोस्

पोखरा:   छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले ३ पाकिस्तानी खेलाडी सम्मेलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ । पोखरा ...

थप पढ्नुहोस्