पाेखरामा जेनजी आन्दोलनमा लुटिएका हतियारसहित दुई पक्राउ
पाेखरा | माघ २१, २०८२
जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भारत घर भई हाल पोखरा–२, अर्चलबोट बस्ने वर्ष १८ को राज कुमारलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले पोखरा–२, भीमसेन टोलमा हतियार लुकाइ छिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले सोमबार दुई जनालाई पक्राउ गरेको जानकारी दिए ।
उनका अनुसार हतियारसहित पक्राउ पर्नुभएका चौधरी र कुमारलाई मङ्गलबार कास्की जिल्ला अदालतबाट हातहतियार खरखजनासम्बन्धी कसुरमा ६ दिन म्याद थप गरी अनुसन्धान जारी रहेको छ ।
बयानका क्रममा चौधरी र कुमारले गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा हतियार लुटी लगेको स्वीकारेको प्रहरीले जनाएको छ ।
आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय आन्दोलनकारीले
पोखरा: कास्की प्रहरीले पोखरा १७ ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...
पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...
मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

