पोखरामा किताब बेच्दै महावीर

पाेखरा | फागुन २५, २०८२

पोखरामा किताब बेच्दै महावीर

पोखरा:   निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।

 

प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका लागि स्थगित गरेपनि पोखरा आएर आफ्नो अभियानलाई फेरि थालेका हुन् ।

 

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका उनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दै संसदीय यात्रा गरेका छन् । यद्यपी सपथ ग्रहण भने गर्न बाँकी छ । 

 

पोखराको अमरसिंहचोक, लखनचोक ९पृथ्वीचोक० र महेन्द्रपुलमा सहयोगीहरुको साथमा आइतबार किताब बेचेका हुन् । 

 

पुनले वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनार्थ आफ्नो (आत्मकथा) किताब विक्री गर्दै आएका छन् । उनी केही दिनमै सपथ ग्रहण गर्नका लागि काठमाडौं प्रस्थान गर्ने बताइएको छ ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्