पोखरामा किताब बेच्दै महावीर
पाेखरा | फागुन २५, २०८२
पोखरा: निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका लागि स्थगित गरेपनि पोखरा आएर आफ्नो अभियानलाई फेरि थालेका हुन् ।
म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका उनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दै संसदीय यात्रा गरेका छन् । यद्यपी सपथ ग्रहण भने गर्न बाँकी छ ।
पोखराको अमरसिंहचोक, लखनचोक ९पृथ्वीचोक० र महेन्द्रपुलमा सहयोगीहरुको साथमा आइतबार किताब बेचेका हुन् ।
पुनले वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनार्थ आफ्नो (आत्मकथा) किताब विक्री गर्दै आएका छन् । उनी केही दिनमै सपथ ग्रहण गर्नका लागि काठमाडौं प्रस्थान गर्ने बताइएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

