पोखरामा आजदेखि प्याराग्लाइडिङ च्याम्पियनसिप, ६३ जना भिड्दै

पाेखरा | चैत ५, २०८२

पोखरामा आजदेखि प्याराग्लाइडिङ च्याम्पियनसिप, ६३ जना भिड्दै

पोखरा:    पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ ।

 

नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि सुरु भएको हो ।

 

प्रतियोगितामा उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे । सो अवसरमा बोल्दै उनले यस्तो प्रकारको अन्तरराष्ट्रिय प्रतियोगिताले पोखरालाई ब्रान्डिङ गर्न  सघाउ पुर्याउने धारणा राखे ।

 

उनले आगामी दिनमासमेत प्रतियोगितालाई निरन्तरता दिन सुझावसमेत दिए ।

 

प्रतियोगितामा नेपाल, भारत, चीनसहित विभिन्न राष्ट्रका पुरुष महिला गरी ६३ जना प्रतिस्पर्धामा छन् । 

 

खेल संयोजक सुनिल बहादुर भट्टराईका अनुसार प्रतियोगिता यही ७ गते सम्पन्न हुनेछ । 

 

प्रतियोगिता कोरोना भाइरस महामारीका कारण २० औं संस्करणपछि रोखिएको बताउँदै ५ वर्षपछि पुनः आयोजना गरिएको उनले बताए ।

 

‘एक्युरेसी’ विधामा सञ्चालन भएको प्रतियोगिताको टेकअफ सराङकोटबाट गरिएको छ भने खपौदी क्षेत्रमा ल्याण्डिङ भइरहेको छ । 

 

प्रतियोगितामा एक्युरेसी पुरुष ओभरअलतर्फ विजेताले समान १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख रुपैयाँ र तेस्रो हुनेले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । 

 

यस्तै एक्युरेसी महिला ओभरअलतर्फ र टिम ओभरअलतर्फ विजेताले समान ७५ हजार रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । 

 

प्रतियोगिताले पोखराको खेल पर्यटन प्रवद्र्धन गर्नुका साथै आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाईसमेत टेवा पुग्ने आयोजकले अपेक्षा लिएको छ ।  
 

सिरहा ।   जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा जारी कर्फ्यु आदेश आज साँझसम्मका लागि खुकुलो बनाइएको छ ।   प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थ...

थप पढ्नुहोस्

काठमाडौँ ।  मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जितेकी छिन् । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् । &nbs...

थप पढ्नुहोस्

पोखरा ।    सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...

थप पढ्नुहोस्