त्रिवेणी कलेजकाे रक्तदानमा ६४ युनिट संकलन

पाेखरा | चैत ८, २०८२

त्रिवेणी कलेजकाे रक्तदानमा ६४ युनिट संकलन

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । 

 

कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखरा विश्वविद्यालयका सिनेटर एवं ३८ औं पटक रक्तदान गरेका सुरजजंग राणालाई ब्लड व्याग हस्तान्तरण गरेर शुभारंभ गरे । 

 

सो अवसरमा बोल्दै अध्यक्ष गुरुङले पहिलो पटक रक्तदान गर्नेहरुलाई हौसला र सकरात्मक धारणा बनाउन सहयोग पुग्ने गरी सचेतता अभियान चलाउनु पर्नेमा जोड दिए । 
 

 

रक्तदाताको लगत राखी दुर्लभ रक्त समूहलाई रिजर्भमा राख्न वडाध्यक्ष गुरुङले आग्रह गरे ।

 

कलेजका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमा क्याम्पस प्रमुख डिल्लीराम पौडेल, विद्यार्थी कल्याणकारी समितिका अध्यष बिबेक के.सी, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष असिम पाण्डे, कलेजका सल्लाहकार छत्रधर आत्रेय, संचालक शान्ति खनाल, रक्त संचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली र सहायक क्याम्पस प्रमुख सुनिदत्त बरालले रक्तदानको महत्वका बारेमा बोलेका थिए । 

 

कार्यक्रममा नयाँ रक्तदाताका रुपमा कलेजका व्यवस्थापन विषय अन्र्तगत स्नातक र स्नाकोत्तर तहका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्