अभावमा सफलता खोज्दै फेन्सिङ खेलाडी, हौसला बढाउदै राजेश
पाेखरा | भदौ १, २०७९
कास्कीका फेन्सिङ खेलाडी अभावमा सफलता खोज्दैछन् ।कार्यालय र प्रशिक्षण गर्ने ठाउँ नभएर समस्यामा परेका खेलाडीलाई उर्जा थप्न राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङको सहयोग महत्वपूर्ण बनेको छ ।
एक महिना अगाडि पोखरा रंगशालामा रहेको मल्टिप्रपोज हलमा प्रशिक्षण हलमा प्रशिक्षण गर्ने व्यवस्था मिलाएका सदस्य गुरुङले मंगलबार प्रशिक्षण स्थलको निरिक्षण गरें ।
तहाँ पुग्दा आर्थिक अवस्था कमजोर हुँदा दैनिक रुपमा प्रशिक्षणमा आउन खेलाडीलाई समस्या पर्ने गरेको उनले थाहा पाए । अनि तत्कालै उनले ६ जना फेन्सिङ खेलाडीलाई नगद सहयोग गरें । सहयोग हस्तान्तरण गर्दै उनले ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न खेलाडीलाई सुझाए । गुरुङ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक समेत हुन् ।
आठांै खेलकुद प्रतियोगितामा टिम इभेन्टमा काँस्य पदक हात पारेका फेन्सिङ खेलाडी यसपाली अझ उच्च मनोबलका साथ प्रतिष्पर्धामा उत्रने जिल्ला फेन्सिङ संघ कास्की अध्यक्ष विजय शाहीले बताए ।
कास्की जिल्लामा झण्डै ६० जना फेन्सिङ खेलाडी रहेको भएपनि आफूहरुले अहिले जुनियरलाई फोकस गरेको शाहीले सुनाए । हुनत यहाँ सातौ देखि खेलेका खेलाडी पनि छन्’उनले भने । फेन्सिङका खेलाडीले पर्फमेन्सको आधारमा अवसर पाइरहेको उनले सुनाए । यसपाली महिला र पुरुष दुवै तर्फको टिम राम्रो रहेको उनको भनाई छ ।
‘इकुप्मेन्ट नहुँदा समस्या परेको छ । आजसम्म एक थोपा पानी पनि सहयोग छैन, जेनतेन आइरहेका छन् । गुनासो खासै सुनुवाई भएको छैन । तरपनि राम्रो गर्ने कोशिस गरिरहेका छौँ’ अध्यक्ष शाहीले भने । राखेप सदस्य गुरुङले गरेको सहयोगले केही मलमपट्टी भने लागेको उनले सुनाए ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

