भण्डारढिकमा तेस्रो सूर्यतारा खेल महोत्सव सुरु

पाेखरा | चैत २८, २०८२

भण्डारढिकमा तेस्रो सूर्यतारा खेल महोत्सव सुरु

सूर्यतारा क्लब पोखराको आयोजनामा ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ शुक्रबारबाट सुरु भएको छ ।

 

 महोत्सवको शुक्रबार एक कार्यक्रमकाबीचमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले उद्‌घाटन गरे ।

 

सदस्य सचिव शर्माले क्लबले खेल महोत्सवको निरन्तर आयोजना गरेकोमा सराहना गरे । यस्ता प्रतियोगिताले नयाँ प्रतिभालाई बाहिर ल्याउने सघाउने विश्वास उनको थियो ।

 

पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले वडामा खेल गतिविधि बढाउनका लागि क्लबले गरेको कार्यमा आफ्नो साथ रहने बताए । खेलकुद विकासका लागि वडा सधैं अग्रसर रहने प्रतिवद्धता उनले जनाए ।

 

 क्लबका अध्यक्ष विष्णु पुनले खेल क्षेत्रमा केही गर्ने उद्देश्यका साथ यस्तो विषम परिस्थितिमा समेत खेल महोत्सव आयोजना गरिएको उल्लेख गरे । खेल महोत्सवलाई निरन्तर अगाडि बढाउने समेत उनले खुलाए ।

 

 चैत्र ३० गतेसम्म पोखरा २९ भण्डारढिकमा रहेको प्रस्तावित रङ्गशालामा सञ्चालन हुने महोत्सवको मुख्य आकर्षणको रुपमा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगिता रहेको छ । जस अन्तरगत पहिलो दिनमा पाँच खेल सम्पन्न भएको प्रचार प्रसार संयोजक ईश्वर अधिकारीले जानकारी दिए । 

 

उद्‌घाटन खेलमा आयोजकको ए टिमलाई पराजित गर्दै पोखरा २९ ले विजयी सुरुवात गरेको छ । आयोजकको ए टिमलाई पोखरा २९ ले १–० गोल अन्तरले पराजित गरेको हो ।

 

दोस्रो खेलमा नमस्ते पार्टी प्यालेसले दोभान क्लबलाई २–१ गोलअन्तरले, तेस्रो खेलमा विपिन एफसी बीले शिवबस्ती सिप्लेनीतारा क्लबलाई १०–२ गोल अन्तरले, चौथो खेलमा रामघाट सेताेले आयोजक सूर्यताराको बी  टिमलाई २–० गाेल अन्तरले पराजित गर्‍यो । शुक्रबारको पाँचौ खेलमा मिक्की एफसीले छोरी सुसनलाई ४–१ गोल अन्तरले पराजित गरेकाे प्रचार संयोजक अधिकारीले बताए ।

 

 पुरुष सेभेन ए साइड फुटबल प्रतियोगितामा कुल १८ समुह सहभागी रहेको क्लब अध्यक्ष विष्णु पुनले जानकारी दिए ।  यी टिमलाई दुई समुहमा विभाजन गरिएको छ ।  सेभेन ए साइड फुटबल प्रतियोगितामा प्रथम हुनेले २ लाख २ हजार २ सय २२ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र हात पार्ने अध्यक्ष पुनले बताए । द्वितीय हुने टोलीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहित सिल्ड मेडल र प्रमाणपत्र पाउने अध्यक्ष पुनको भनाइ छ । 

 

फुटबलका अलावा महोत्सवमा खुला सामूहिक लोक नृत्य प्रतियोगिता, खुला महिला स्लो स्कुटर रेस प्रतियोगिता, राष्ट्रिय खुला महिला डोरीतान प्रतियोगिता, खुला टेबलटेनिस प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता र जातीय सङ्घसंस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगिता समेत महोत्सवको आकर्षणको रुपमा रहेका छन् ।

 

महिला डोरी तान प्रतियोगितामा विजेताले ५५ हजार ५५५ रुपैयाँ, उपविजेताले ३३ हजार ३३३ रुपैयाँ र तेस्रो हुने टोलीले २२ हजार २२२ रुपैयाँ पुरस्कार पाउनेछ ।

 

खुल्ला ‘स्लो’ महिला स्कुटर रेसमा पहिलोदेखि चौथो स्थान हासिल गर्नेले क्रमशः ३३ हजार, २२ हजार, ११ हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ । जातीय संघ-संस्थाको झाँकी प्रदर्शनीतर्फ उत्कृष्ट तीन समूहलाई क्रमशः ४४ हजार, ३३ हजार र २२ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिनेछ ।

 

‘स्पोर्ट्स फर टुरिजम’ भन्ने मूल नाराको साथ आयोजना  भएको तेस्रो सूर्य तारा खेलकुद एवं सांस्कृतिक महोत्सव २०८२ मा डोरीतान सङ्घ गण्डकी प्रदेशले सहकार्य गरेको छ ।

 

 प्रायोजकमा कर्माचार्य बेक्स एण्ड फूड्स प्रालि, हिमालयन ब्रुअरी प्रालि, आदर्श हार्डवेयर पोखरा २९ रहेका छन् । इनर्जी ड्रिङ्क्स पार्टनरमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स,  प्रवर्द्धकमा पोखरा महानगरपालिका कार्यालय र प्रदेश खेलकुद परिषद् गण्डकी, विशेष सहयोगीको रुपमा रूपा गाउँपालिका कार्यालय, पोखरा महानगरपालिका वडा नं २९ रहेको छ ।  

 

सहयोगी संस्थाहरूमा जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, डोरीतान सङ्घ कास्की, आदर्श युवा क्लब, लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ खानेपानी उपभोक्ता संस्था, नमस्ते पार्टी प्यालेस, एटलस डिजाइन एण्ड प्रिन्ट तालचोक, स्थानीय आमा समुह, स्थानीय टोल विकास संस्थाहरू  रहेका छन् । हेल्थ पार्टनरमा फेवा सिटी हस्पिटल प्रालि, वडा स्वास्थ्य केन्द्र पोखरा २९ रुद्र मेडिकल हल तालचोक रहेका छन् ।

 

पोखरा:   राष्ट्रिय हेमजा आलु महोत्सव आजदेखि सुरु भएको छ । 'सुन्दर ठाउँ हेम्जा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार अनेक' भन्ने नाराका साथ सुरु उक्त महोत्सव आउँदो वैशाख ५ गतेसम्म ...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी स्पोर्टस् क्लबको आयोजनामा पोखरा ५ मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता प्रिक्वाटरफाइनलका खेल सकिएका छन् ।   मालेपाटन खेलमैदानमा आज...

थप पढ्नुहोस्

पोखरा:   कास्की प्रहरीले पोखरा ८ सभागृह चोक नजिकै खुडा प्रहार गरी सिर्जना पौडेल केसीको हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पर्वतका २७ वर्षीय सन्तोष भन्ने शिशिर के...

थप पढ्नुहोस्