थप आठ सय ५२ मा कोरोना सङ्क्रमण पुष्टि
काठमाडाैं | भदौ १, २०७९
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप आठ सय ५२ मा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा छ हजार तीन सय ८३ को नमूना परीक्षण गरिएको थियो । तीन हजार आठ सय ७६ ले पिसिआर र दुई हजार पाँच सय सात जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा तीन सय २८ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७६ हजार नौ सय ३७ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार चार सय ६२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९० पुगेको छ । होम आइसोलेसनमा पाँच हजार दुई सय ५९, संस्थागत आइसोलेसनमा दुई सय तीन, आइसियुमा ५९ र भेन्टिलेटरमा सात जना सङ्क्रमित रहेका छन् ।
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सय बढी सङ्क्रमित रहेको जिल्लामा कैलाली रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा पाँचथर, मनाङ, कालीकोट, हुम्ला, डोल्पा, जुम्ला र मुगु रहेका छन् ।
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार छ सय ३२, ललितपुर आठ सय ६० र भक्तपुरमा एक सय ११ सक्रिय सङ्क्रमित रहेका छन् । कूल सङ्क्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

