मनास्लुमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाकाे मृत्यु

काठमाडाैं | असोज ४, २०८३

मनास्लुमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाकाे मृत्यु

काठमाडौँ।  मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ।

 

शनिबार राति मनास्लुको क्याम्प–३ मा उनीहरू बसेको टेन्टमाथि ठूलो हिमपहिरो खसेपछि दुवै जना सम्पर्कविहीन भएका थिए। खोजी तथा उद्धार टोलीले उनीहरूका शव करिब सात फिट गहिरो हिउँमुनि पुरिएको अवस्थामा फेला पारेको हो।

 

अभियान आयोजक कम्पनी मकाउ एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालका अनुसार खराब मौसमकाबिच गुहा र शेर्पा क्याम्प–२ बाट क्याम्प–३ तर्फ अघि बढेका थिए। त्यही क्रममा उनीहरू बसेको टेन्टमाथि हिमपहिरो खसेको थियो।

 

अभियानमा सहभागी अन्य ६ जना पर्वतारोहीले भने मौसम बिग्रिएपछि क्याम्प–२ बाटै फर्किने निर्णय गरेका थिए। उनीहरू सुरक्षित रहेको बताइएको छ।

 

दुवैसँग अन्तिमपटक शनिबार राति सम्पर्क भएको थियो। त्यसपछि सम्पर्क हुन नसकेपछि उद्धार टोली क्याम्प–३ पुगेको थियो। टोलीले खोजी गर्दा दुवैका शव हिउँमा पुरिएको अवस्थामा फेला पारेको हो।

 

हाल उद्धार टोलीले शवलाई क्याम्प–३ बाट बेसक्याम्पतर्फ ल्याउने प्रयास गरिरहेको छ। मौसम अनुकूल भए सोमबार बेसक्याम्पबाट शव काठमाडौं ल्याउने तयारी गरिएको छ।

 

ध्रुव ज्योति गुहा भारतीय मूलका जर्मन पर्वतारोही थिए र जर्मनीमा बस्दै आएका थिए। उनी मनास्लु आरोहणका लागि नेपाल आएका थिए। उनका गाइड फुरसेम्बा शेर्पा मकालु क्षेत्रका अनुभवी नेपाली पर्वतीय गाइड रहेको बताइएको छ।

 

यस पर्वतारोहण सिजनमा मनास्लुमा मृत्यु हुनेको संख्या चार पुगेको अभियान आयोजकले जनाएको छ। यसअघि सिंगापुरका एक पर्वतारोही र नेपालका एक गाइडको पनि अलग–अलग घटनामा मृत्यु भएको थियो।

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले सुखद सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित हात पारेको हो।    १३३ रनको लक्ष्य पछ्याएको जनकपुरलाई कर्णालीले ११...

थप पढ्नुहोस्

पोखरा।    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि पोखरामा स्वास्थ्य परीक्षण सेवा सुरु भएको छ ।   पोखरा स्वास्थ्य विज्ञान प्रतिष्...

थप पढ्नुहोस्

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्