एनपीएल: सुदूरपश्चिमविरुद्ध सहज जीत निकाल्दै लुम्बिनी उपाधि नजिक

काठमाडाैं | मंसिर १, २०८३

एनपीएल: सुदूरपश्चिमविरुद्ध सहज जीत निकाल्दै लुम्बिनी उपाधि नजिक

काठमाडौं । निरोसन डिकवेलाको अर्धशतक मद्दतमा सुदूरपश्चिम रोयल्सलाई पहिलो क्वालिफायरमा ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ ।

 

सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल अगावै ४ विकेट गुमाएर लक्ष्य पूरा हो ।

 

लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुग्दै उपाधि रक्षा अभियानको नजिक पुगेको छ । दुई पटकको उपविजेता सुदूरपश्चिम भने पहिलो पटक क्वालिफायरमा पराजित भएको हो ।

 

हारका बाबजुत पनि सुदूरपश्चिमले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । एलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाज र चितवन राइनोज भिड्नेछन् ।

 

लुम्बिनीको लागि विकेटकिपर डिकवेलाले ३७ बल खेल्दै ७ चौका र २ छक्का मदतमा अविजित ५९ रन जोडे । यस्तै कप्तान रोहित पौडेलले २८ बल खेल्दै १ चौका मद्दतमा २१ रन योगदान गरे ।

 

निरोशन डिकवेला रनको खाता नखोल्दै सुदूरपश्चिमले उनलाई आउट गर्ने मौका गुमाएको थियो । अन्त्यमा उनैले अर्धशतक प्रहार गर्दै लुम्बिनीको जितमा नायक बने ।

 

वान डाउनमा ब्याटिङमा आएका डिकवेलालाई दोस्रो ओभरको दोस्रो बलमा सुदूरका अभिनाश बोहराले क्याच ड्रप गरेका थिए । अविनाश बोहराले क्याच छाड्दै उनलाई जीवनदान दिएका थिए ।

 

२४ रनमा २ विकेट गुमाएको लुम्बिनीका लागि डिकवेला र कप्तान रोहितले ३८ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए ।

 

ओपनर डार्शी सर्ट शुन्यमा आउट हुँदा आसिफ शेख ४ रन मात्र बनाएर आउट भए । विजयी छक्का प्रहार गरेका दिलीप नाथले १२ बलमा अविजित १० रन बनाए ।

 

सुदूरपश्चिमका थरिन्दु रत्नायकेले २ तथा स्कट कुगेलेइन र हेमन्त धामीले १-१ विकेट लिए । सन्दीप जोरा ८ रनमा आउट भए ।

 

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा लुम्बिनीले टस जितेर बलिङ रोजेपछि पहिला ब्याटिङ ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाएर १०५ रन बनाएको थियो ।

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेक...

थप पढ्नुहोस्

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले सुखद सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित हात पारेको हो।    १३३ रनको लक्ष्य पछ्याएको जनकपुरलाई कर्णालीले ११...

थप पढ्नुहोस्

पोखरा।    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि पोखरामा स्वास्थ्य परीक्षण सेवा सुरु भएको छ ।   पोखरा स्वास्थ्य विज्ञान प्रतिष्...

थप पढ्नुहोस्