रेडियो सराङ्कोटको वार्षिकोत्सवमा रक्तदानदेखि मिडिया कप फुटसल प्रतियोगितासम्म

फुटसल कप च्याम्पियनलाई ४० हजार

कास्की | भदौ २, २०७९

रेडियो सराङ्कोटको वार्षिकोत्सवमा रक्तदानदेखि मिडिया कप फुटसल प्रतियोगितासम्म

पोखरा:  सामुदायिक रेडियो सराङ्कोटले १६ औँ वार्षिकोत्सवको अवसरमा ‘मिडिया कप’ फुुटसल  प्रतियोगिता आयोजना  गर्ने भएको छ ।

 

पोखरामा केन्द्रिय कार्यालय रहेको रेडियो सराङकोटको वार्षिकोत्सवको अवसरमा आगामी आसेज ७ र ८ गते मिडिया फुटसल आयोजना गरिने आज (बिहीबार) पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । 

 

कार्यक्रम संयोजक युवराज भण्डारीले दुई दिन सञ्चालन हुने प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए । उनका अनुसार उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । 

 

उनले प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको जानकारी दिए । 

 

‘कास्कीमा आवद्ध संचार माध्यममा क्रियाशिल संचारकर्मी तथा पत्रकारहरुले मात्र खेल्न पाउने गरि मिडिया कप फुुटसल प्रतियोगिता आयोजना गरेका हौँ, उनले भने,‘ गैर पत्रकार समावेश भए टिमलाई रद्द गर्नेछौँ रेडियो अनलाइन तथा टेलिभिजनमा कार्यरत कर्मचारी तथा पत्रकार मात्र खेल्न पाउने छ ।’

 

संयोजक भण्डारीका अनुसार अनलाइनको हकमा २ वटा मिडिया मर्ज गरेर खेलमा सहभागी हुन पाउँनेछन् । उनले उक्त प्रतियोगितामा करिब २५ टिमको सहभागिता रहने जानकारी दिएका थिए ।

 

वि.स. २०६३ साल असोजमा सराङकोट बहुुउद्धेश्यीय सहकारी संस्थादारा स्थापित रेडियो सराङकोटले असोज ६ गते वार्षिकोत्सव मनाउँनेछ ।

 

रेडियोले भदौ ७ गते कास्कीमा क्रियाशिल  महिला पत्रकारलक्षित तीज प्रगियोगिता , रक्तदान तथा सरसफाई कार्यक्रम आयोजना गर्ने आयोजकले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्

काठमाडौं:    सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...

थप पढ्नुहोस्

म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ ।   उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ ।   हत्य...

थप पढ्नुहोस्