श्रमदान गरेर दुई किलोमिटर सडक मर्मत
म्याग्दी | भदौ ५, २०७९
म्याग्दी । म्याग्दी को मालिका गाउँपालिका–४ च्युरिबोटका युवाको सामूहिक पहलमा जनश्रमदानद्धारा च्युरिबोट गाउँमा शनिबार दुई किलोमिटर बाटो मर्मत गरिएको छ । च्युरिबोटस्थित परिवर्तन युवा क्लबको नेतृत्वमा सडक मर्मत गरिएको हो ।
वडाको सल्लेनदेखि च्युरीबोट गाउँ नजिकै पधेँरा खोल्सासम्म सडक मर्मत गरिएको क्लबका सचिव मदन पुनले जानकारी दिनुभयो । अविरल वर्षात्सँगै आएको पहिराले गाउँपालिकाको केन्द्र दरबाङदेखि वडा कार्यालय जोड्ने सडक भत्काएपछि यातायात अवरुद्ध भएको थियो ।
उहाँका अनुसार क्लबको नेतृत्वमा शनिबार करिब दुई किलोमिटर सडक मर्मत गरिएको छ । क्लबमा आवद्ध युवासहित सामाजिक अगुवाले समेत श्रमदान गरेका हुन् । सडक अवरुद्ध हुँदा वडा कार्यालय र स्वास्थ्यचौकीमा सेवा लिन आउने सेवाग्राहीसहित ढुवानीमा समेत समस्या भएको थियो ।
पहिरो पन्छ्यएर सडक मर्मत गरेपछि स्थानीयवासी, बटुवा, विद्यार्थीलगायत सर्वसाधारणलाई सहज भएको छ ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

