एटिएम अटेम्प्ट काण्ड: १४ लाख लुटेका तामाङ एक महिनापछि पक्राउ

पाेखरा | भदौ ५, २०७९

एटिएम अटेम्प्ट काण्ड:  १४ लाख लुटेका तामाङ  एक महिनापछि पक्राउ

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका २६ स्थित अर्घौंचोकमा रहेको एनएमबी बैंकको एटिएम फोडेर पैसा चोर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।  

 

गण्डकी प्रदेश प्रहरी र कास्की प्रहरीको संयूक्त टोलीले नवलपुर देवचुली नगरपालिका ५ घर भइ हाल पोखरा महागनर ३० बस्ने २१ वर्षिय अनिश तामाङलाई लेखनाथबाट पक्राउ गरि आज सार्वजनिक गरेको हो ।

 

कास्की प्रहरीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अजय केसीका अनुसार पक्राउ परेका तामाङले गत साउन २ गते एटिमए फोडेर १४ लाख ७१ हजार ५ सय रुपैयाँ  लुटेका थिए । 

 

उनले एनएमबी बैंको एटिएम फोडेर पैसा लुटेपछि तालचोकमा रहेको एनआइसी एशिया बैंकको एटिएममा समेत अटेम्प्ट गरेका थिए । 

 

उनले पक्राउ परेका तामाङलाई ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको बताए । एसपी केसीका अनुसार गत कात्तिकदेखि हालसम्म कास्कीमा ८ वटा एटिएम फोड्ने प्रयास भएको छ ।
 

 

 

 

 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्