नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकीमा निर्मल
पाेखरा | भदौ ५, २०७९
पोखरा । नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेशको अध्यक्षमा निर्मल दियाली चयन भएका छन् ।
हिजो (शनिबार) पोखरामा सम्पन्न भएको गण्डकी प्रदेश स्तरीय प्रथम सम्मेलनबाट मुक्ति समाज गण्डकीको अध्यक्षमा दियाली चयन भएका हुन् ।
साथै सम्पन्न सम्मेलनबाट दियालीको नेतृत्वमा ८५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । सो समितिको प्रथम उपाध्यक्षमा डिना गोतामे,दास्रो उपध्याक्षमा होमबहादुर बिक, सचिवमा वमवहादुर बिक, प्रथम उपस–चिवमा बावुराम बिक, दास्रो उप–सचिवमा रुपा बिक र कोषाध्यक्षमा कमला सुनार रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा बलबहादुर विक, खुमबहादुर किसान, खिममाया पटेल, विष्णृ बिक, रामकृष्ण रसाइली, बिरु बस्याल, विनोद कुमार बिक, रिता नेपाली, नरबहादुर बिक, अन्जन परियार, सन्त कुमारी नेपाली, भाइकाजी माइवुल, ठाकुर मगराती, आदिप नेपाली, विमला रोका, धनकुमारी सुनार लगायत ७६ जनाको सदस्यता रहेको छ ।
‘१२१ जना सम्मको कार्यसमिति गठन गरिनुपर्ने भएत पनि यस प्रथम सम्मेलनबाट हामिले ८५ जनाको कार्यसमिति गठन गरका छौं, दियालीले भने ‘थप कार्यसमिति कहाँबाट कसरी राख्ने त्यो हामी भुगोल हेरी निर्धारण गर्ने छौँ ।
दियालीले आफ्नो कार्यकालमा आफ्नो क्षमताले भ्याएसम्म ११ वटै जिल्लाका उत्पीडित जनसमुदायलाई उनीहरुको आधारभुत अधिकारको पक्षमा सधै लडिरहने समेत प्रतिबद्वता जनाएका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

