लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २४ र २५ गते पोखरामा हुने

पाेखरा | भदौ ६, २०७९

लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २४ र २५ गते पोखरामा हुने

 

पोखरा ।  नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २४ र २५ गते पोखरामा हुने भएको छ। नेकपा एमालेको भातृसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको महत्वपुर्ण घटक लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलन आयोजक समितिको कास्की नौडाडास्थित हिमालयन देउराली रिसोर्टमा सम्पन्न बैठकले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो।

 

बैठकको उद्घाटन गर्नुहुदै नेपाल लोकतान्त्रिक तमु संघका संस्थापक अध्यक्ष एवम् नेकपा एमालेका स्थायी समिति सदस्य किरण गुरुङले राजनीतिक चेतना र नेतृत्व विना तमु लगायत समुदायहरुले अगाडि लम्कन नसक्ने बताउनुभयो। मुलुकलाई जिम्मेवार ढंगले अग्रगति एवम समृद्धिका लागि एमालेलाई सशक्त बनाउन लोकतान्त्रिक तमु संघ सशक्त हुनुपर्ने उहाँको भनाई थियो। नेता गुरुङले संघको स्थापनाको उद्धेश्य प्रष्ट पार्नुहुदै आगामी कार्यदिशाका बारेमा मार्गनिर्देशन गर्नुभएको थियो।

 

बैठकले राष्ट्रिय सम्मेलन भव्यताका साथ सफल बनाउन प्रदेश, जिल्लागत सांगठनिक एवम प्रतिनिधि चयनका साथै आर्थिक दायित्वका बारेमा जिम्मेवारीहरु तोकेको छ। सम्मेलनमा करिब ७ सय प्रतिनीधिहरु सहभागी हुने निर्णय भएको बताइएको छ।  

 

त्यसरी नै सम्मेलनमा राजनीतिक एवम सांगठनिक प्रतिवेदन तयारीका लागि संयोजक बेदबहादुर गुरुङ र संशोधित बिधान तयारीका लागि महासचिव हुमबहादुर गुरुङलाई जिम्मेवारी तोकिएको छ।

 

बैठक संचालन अघि आयोजक समिति गठन कार्यक्रममा अनुपस्थित रहेका एवम्. छुटेका आयोजक समितिका सदस्यहरुलाई संयोजक बेदबहादुर गुरुङले  पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो।

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ।  मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...

थप पढ्नुहोस्

काठमाडौं:   देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...

थप पढ्नुहोस्

काठमाडौं:   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ ।  मन्त्रालयका सचिव डा. विकास देव...

थप पढ्नुहोस्