लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २४ र २५ गते पोखरामा हुने
पाेखरा | भदौ ६, २०७९
पोखरा । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन भदौ २४ र २५ गते पोखरामा हुने भएको छ। नेकपा एमालेको भातृसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको महत्वपुर्ण घटक लोकतान्त्रिक तमु संघको राष्ट्रिय सम्मेलन आयोजक समितिको कास्की नौडाडास्थित हिमालयन देउराली रिसोर्टमा सम्पन्न बैठकले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो।
बैठकको उद्घाटन गर्नुहुदै नेपाल लोकतान्त्रिक तमु संघका संस्थापक अध्यक्ष एवम् नेकपा एमालेका स्थायी समिति सदस्य किरण गुरुङले राजनीतिक चेतना र नेतृत्व विना तमु लगायत समुदायहरुले अगाडि लम्कन नसक्ने बताउनुभयो। मुलुकलाई जिम्मेवार ढंगले अग्रगति एवम समृद्धिका लागि एमालेलाई सशक्त बनाउन लोकतान्त्रिक तमु संघ सशक्त हुनुपर्ने उहाँको भनाई थियो। नेता गुरुङले संघको स्थापनाको उद्धेश्य प्रष्ट पार्नुहुदै आगामी कार्यदिशाका बारेमा मार्गनिर्देशन गर्नुभएको थियो।
बैठकले राष्ट्रिय सम्मेलन भव्यताका साथ सफल बनाउन प्रदेश, जिल्लागत सांगठनिक एवम प्रतिनिधि चयनका साथै आर्थिक दायित्वका बारेमा जिम्मेवारीहरु तोकेको छ। सम्मेलनमा करिब ७ सय प्रतिनीधिहरु सहभागी हुने निर्णय भएको बताइएको छ।
त्यसरी नै सम्मेलनमा राजनीतिक एवम सांगठनिक प्रतिवेदन तयारीका लागि संयोजक बेदबहादुर गुरुङ र संशोधित बिधान तयारीका लागि महासचिव हुमबहादुर गुरुङलाई जिम्मेवारी तोकिएको छ।
बैठक संचालन अघि आयोजक समिति गठन कार्यक्रममा अनुपस्थित रहेका एवम्. छुटेका आयोजक समितिका सदस्यहरुलाई संयोजक बेदबहादुर गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

