कालीकोटको स्याउ बजार पुर्याउन  समस्या

कालीकोट | भदौ ६, २०७९

कालीकोटको स्याउ बजार पुर्याउन  समस्या

 

कालीकोट: कालीकोटको स्याउ बजार पुर्याउन  निकै समस्या भएको छ । जिल्लाको तिलागुफा  र रास्कोट नगरपालिकाका साथै  महावै, पचालझना र पलाँता गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पुर्याउन समस्या भएको हो ।

 

    बगैँचामा फलेको स्याउ बिक्री गर्न समस्या भएको तिलागुफा नगरपालिका–२ फोइमहादेवका अगुवा किसान बेगमबहादुर शाहीले बताउनुभयो । “यातायातको सहज पुहँच नहुँदा स्याउ बिक्रीमा समस्या हुने गरेको छ । यातायात सेवा धेरै टाढाको दूरीमा छ”, उहाँले भन्नुभयो,“भारी बोकेर कर्णाली राजमार्ग पुर्याउन पाँच घण्टाको पैदलयात्रा गर्नुपर्छ ।”

 

कृषक शाहीले आफूले मात्र बर्सेनि ६०० क्विन्टल स्याउ फलाउने गरे पनि बजार पुर्याउन नसकिएका जति त्यतिकै खेर जाने गरेको जानकारी दिनुभयो । सधैँजसो भदौमा तयार हुने स्याउ बजार लैजान  समस्या रहेको रास्कोट नगरपालिका–८ फुकोटका किसान पुष्पराज बरालले बताउनुभयो । “बर्सेनि ३०० क्विन्टलभन्दा बढी स्याउ फले पनि बजारको  समस्याले अधिकांश स्याउ रुखमै कुहिने वा बस्तुलाई दिने गरेको छौँ ।” उहाँले भन्नुभयो,“हाम्रो स्याउ फल्ने ठाउँ सिप्टी र बिसाल्नी भन्ने लेकमा हो ।” 

 

कृषक बरालले भन्नुभयो,“यहाँबाट बजारमा लैजानका लागि कम्तीमा एक दिन लाग्ने गरेको छ । कतिपय त बोकेर लैजाँदै बाटोमा नै बिग्रिने गरेको छ ।”किसाले उत्पादन गरेको स्याउ बिक्रीका  लागि अनुदान दिने गरिएकोे जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो । “किसानलाई ढुवानीमा अनुदान र कालीकोटको उत्पादन भएको हो भन्ने प्रमाणका लागि कार्टुन पनि दिने गरेका छौँ ।” उहाँले भन्नुभयो,“यहाँको स्याउ विशुद्ध प्राङ्गारिक भएकाले यसको स्वादसँग अन्य स्याउको तुलना नै हुन सक्दैन ।”  

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्