मृगौला पीडितको नाममा सन्तोष र सुवासको ठगी धन्दा
उजुरी दिने तयारीमा पीडित
पाेखरा | भदौ ६, २०७९
 
                                
                            
पोखरा । सुुन्दर शहर पोखरामा सुुनौलो भविष्य खोज्दै ग्रामीण भेगका विद्यार्थीसँगै सर्वसाधारणको लर्को छ ।
कतिले आफ्नो सपना पुरा गरेका छन् भने कति जागिरको आशमा ठगिने क्रम बढ्दो छ । पोखरामा ठगी गर्नेहरुको गिरोह फरक फरक समयमा भेटिन्छन् । नक्कली डाक्टर भनेर ठगी गरेको विषय चलिरहँदा फेरि समाज सेवाको नाममा ठगी गरेर फरार भएको अर्को घटना बाहिर आएको छ ।
स्वयंसेवक समाज नेपाल संस्था दर्ता गरेर दुई व्यक्तिले पोखरामा लाखौ ठगी गरेर फरार भएका छन् । विशेषगरी जटिल रोग लागेर सहयोगको खाचो परेका व्यक्तिहरुलाई उनीहरुले ठगी गर्ने गरेको खुल्न आएको छ ।
र सुरु भयो ठगी धन्दा
एक पीडितका अनुसार पोखरा नदिपुर बस्ने नाम परिवर्तन (राम बहादुर) लाई मृगौलाको उपचार गर्न आर्थिक अभाव भइरहेको थियो । पोखराको व्यस्त शहरमा एक्कासी उनको नजर स्वयमसेवक समाज नेपाल ब्यानर लेखिएको गाडीमा नजर पर्यो । फोन नम्बर टिपे र घरमा गएर फोन गरे ।
सहयोगको अभियान संचालन भयो रकम संकलन भयो तर आधा रकम लिएर उनीहरु फरार भए । स्वयम सेवक समाज नेपाल संस्थाले मृगौला पीडित र क्यान्सर रोग लागेको व्यक्तिहरुको नाममा रकम संकलन गरेर बिरामी र विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको पिडितहरुको गुनासो छ ।
संस्थाले अहिले कति रकम ठगी गरेको छ भनेर खुल्न आएको छैन् । ठगी गर्दै आएका उनीहरु प्रहरीको फरार सुचीमा रहेको स्रोतले बतायो ।
मृगौला पीडितका अनुसार आफ्नो नाममा संकलन भएको ६ लाख बढी रकम मध्ये ४ लाख मात्र पाएको र बाँकी रकम उपचार भएको १६ महिना बितिसक्दा समेत कहिले दिने भनेर आफुलाई पिडामा झन् पिडा थपेको पिडितले बताए । ‘उनीहरु ठगी धन्दामा फरार सुचीमा रहेको जानकारी पाएको छु त्यसैमा आफुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारी गरेको छु ।’ पीडितले भने ।
अहिले उनले उपचार गरेको १६ महिना बितिसकेको छ तर उनले आफ्नो नाममा संकलन भएको पुरा रकम भने पाउन सकेका छैनन् । उपचार हुनुपूर्व उनलाई संस्थामा संचालक सुवास र सन्तोष बिक नाम गरेका व्यक्तिहरुले दिन दुखी र उपचारका क्रममा सहयोग गर्छौ भनेर बिरामीलाई पिडा दिएर लाखौँ ठगी गरेर फरार भएको पिडितको बिरामीले सुनगाभा न्यूजलाई जानकारी दिए ।
बागलुङ घर भएका लक्ष्मी थापा अहिले स्नातक पहिलो वर्षमा अध्ययनरत छिन् । उनले पोखरा जव सेन्टरले कर्मचारी आवश्यकता सम्वन्धी विज्ञापन गरिरहेको थाहा पाएपछि उनी स्वयमसेवक समाज नामक संस्थामा जोडिए ।
अध्ययनसँगै पोखरामा सुन्दर भविष्य खोजेका थापाले जागिरसँगै विरामीको सेवा गर्न पाउँदा भाग्यमानी नै ठानिन् । पोखरा जबसेन्टरमा १५ हजार तलब भनिए पनि संस्थामा जाँदा १८ हजार तलब दिने आश्वासन दिए । तर तलब आश्वासनमा सिमित भएको उनको आरोप छ ।
‘हामी १८–२० जनाको संख्यामा त्यस संस्थामा गएका हौँ । सुरुमा ५ जनाको ग्रुप बनाएर विरामीको नाममा पैसा संकलन गर्न भनियो, उनले भनिन्, ‘पोखरामा हामीले एक ग्रुपले झण्डै ४ देखि ५ हजार संकलन भयो । तर यो पैसा लिएर उनीहरु महिना दिनमा फरार भए ।’
थापाका अनुसार बिरामीको नाममा उनीहरुले लाखौँ ठगी गरेका छन् । दिनमा एक ग्रुपले ४ हजार संकलन गर्दा ४ ग्रुपले पोखरामा अनुमान गर्दा ८० हजार रुपैयाँ संकलन हुन्छ यसरी हिसाब गर्दा महिना दिनमा लाखौँ संकलन भएको उनको अनुमान छ ।
पोखराको रवी होटलमा उनीहरुलाई संस्थाले गर्ने कार्यहरुको बारेमा विकहरुले गोष्ठी कार्यक्रम संचालन गरेका थिए । संस्थाका संचालनक भनिएका विकले कर्मचारी भनेर झापा देखि दुईजना व्यक्तिहरु लिए कार्यक्रममा खर्च भएको रकमसमेत कर्मचारीहरुको नाममा दर्ता गरेर कर्मचारीलाई नै ठगी गरेको बताइएको छ ।
काठमाडौँ: यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत ...
कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ। राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ...
पाल्पा: बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा सम्पन्न ढल्क्यो जोवान (३० वर्षमाथि) भलिबल प्रतियोगितामा फोक्सिङकोट भेट्रान्स र साबिक वडास्तरीय पुरुषतर्फ जनज्योती युवा क्लब दान्सिँघा च्याम्पियन बनेको छ । &...
 
                    

 
                                         
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            