पोखरामा नेपाल बन्दको आंशिक प्रभाव

पाेखरा | भदौ ७, २०७९

पोखरामा नेपाल बन्दको आंशिक प्रभाव

 

पोखरा:  पोखरामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको ४ पार्टीले आह्वान गरेको नपाल बन्दको आंशिक प्रभाव परेको छ । 

 

बन्दका कारण सार्वजनिक सवारी साधन नचलेपछी  नागरिकले सास्ती खेप्नु परेको हो । 

 

पोखराका निजी सवारीसाधन मात्रै छिट्फुट चलेका छन । भने अत्यावश्यक पर्ने एम्बुलेन्स, खानेपानी बोक्ने सवारी साधन तथा सुरक्षा निकायको सवारीसाधन मात्रै गुडिरहेका छन । यसैगरी अत्यावश्यक पर्ने पसलहरु बाहेक अन्य पसलहरु पनि बन्द देखिएका छन् ।

 

बन्दको प्रभाव परेपनी बन्दकर्ताहरु भने सडकमा देखिएका छैनन । संभावित घटना रोक्नको लागि मुख्य चोकहरुमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको टोली तैनाथ छन् । नेत्रविक्रम चन्द विप्लव लगायत नेताहरुलाई ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि खारेजीको माग गर्दै संयुक्त रुपमा ४ पार्टीले आज नेपाल बन्दको आह्वान गरेका थिए ।

 

हेरौँ  केहि तस्बिरहरु :

 

 

 

 

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्