एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडाैं | भदौ ७, २०७९

एमाले स्थायी कमिटी बैठक सुरु


नेकपा (एमाले) स्थायी कमिटीको बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो । 

 

आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेश तहको निर्वाचनको ठोस् योजना बनाउन पार्टीले आजदेखि भदौ १२ गतेसम्म  स्थायी, पोलिटब्यूरो, केन्द्रीय कमिटी र केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकको आयोजना गरेको हो । आज स्थायी कमिटी, भदौ ९ गते पोलिटब्यूरो, भदौ १० र ११ गते केन्द्रीय कमिटी तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक हुने सो पार्टीले जनाएको छ ।  

 

एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय निर्वाचन परिचालन कमिटी बनाइएको छ । कार्यालय सचिव डा अधिकारीका अनुसार बैठक आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा केन्द्रित रहनुका साथै समग्र पार्टी तथा मुलुकको राजनीतिक अवस्थाबारे छलफल हुने छ । यस्तै आगामी पोलिटब्यूरो र केन्द्रीय कमिटिको एजेण्डा पनि बैठकले तय गर्ने छ ।

 

पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवद्धय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको निर्वाचन घोषणपत्र मस्यौदा कमिटी गठन गरिएको थियो  ।

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्