ताल बाराही समितिको अध्यक्षमा हिकमत एघारौँ पटक निर्वाचित

काठमाडाैं | भदौ ७, २०७९

ताल बाराही समितिको अध्यक्षमा हिकमत एघारौँ पटक निर्वाचित

 

पोखरा महानगर पालिका वडा नं–६ बैदाम स्थित ताल बाराही मन्दिरको गुठी ब्यवस्थापन समितिको अध्यक्षमा हिकमत बहादुर कुवँर निर्वाचित भएका छन । 

 

सोमबार भएको मन्दिरको २६ साधारण सभा तथा १३ अधिबेशनले कुवँर लाई एघारौ पटकका लागि पुन अध्यक्षमा सर्वम्मत चयन गरेको हो । १४ सदस्यीय समितिको कार्यकाल आगामि ३ बर्षका लागि रहने छ । 

 

समितिको महिला उपाध्यक्षतामा जुना अधिकारी, पुरुष उपाध्यक्षमा प्रशुराम शर्मा पहारी सचिबमा धुव्र बराल र कोषाअध्यक्षमा निर्मल खत्री, सह-सचिब पुरुष महेश्वर पहारी र महिलामा मिना ढकाल चयन भएका निर्वाचन मण्डलका अध्यक्ष जगत बहादुर पहारीले जानकारी दिए ।

 

तेसै गरि सदस्यहरुमा क्षितिज पहारी, अनिल पहारी, ओमनाथ पहारी, कलावति सापकोटा, पार्वति बोगटी, लक्ष्मी खाती र धन विक्रम ढकाल चयन भएका छन । जगत बहादुर पहारी, चुडामणि पहारी, हरिकृष्ण पहारी, प्राध्यापक चन्द्रनाथ अधिकारी र निर्मल पहारी सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचित पदाधिकारीहरु लाई सपथ ग्रहण गराई निर्वाचन सम्पन्न गरेको थियो । 

 

राष्ट्रिय गुठी ब्यवस्थापन समितिको विधान अनुसार पोखरा महानगर पालिका वडा समितिको कार्यालय वडा नंं–६ र मालपोत कार्यालय कास्की पदेन सदस्य रहने गरि समाबेशि ब्यवस्थापन समिति बनाईएको उपाध्यक्ष प्रशुराम शर्मा पहारीले जानकारी दिए ।


यस अघि कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका वडा वडा नं–६का कार्यवाहक अध्यक्ष बासु बरालले मन्दिर देवस्थल रास्ट्रका अमूल्य सम्पत्ति भएको बताउदै इनिहरुको रेखदेख र मर्मत सभ्भारमा रास्ट्रले उचित ब्यवस्थ्था गर्नु पर्ने बताए । बरालले ‘तालको बिच भागमा मन्दिर विश्वको कुनै पनि ठाउँमा विरलै देख्न पाइन्छ’ भन्दै पोखराको गहना रुपमा रहेको देवीकोे मन्दिरलाई संरक्षणमा का लागि हामी सवै लाग्नु पर्नेमा जोड दिए । 

 

अध्यक्ष हिकमत बहादुर कुवँरले गुठी ब्यवस्थापन समिति, वडा कार्यालय समिति वडा नंं. ६, मालपोत कार्यालय कास्की, डुङ्गा ब्यवसायी समिति र पुजारी सहित सारोकार वालाहरुको भेला गरि गुठी संस्थान र पुरातत्व विभागको इन्जिनियरहरुको सयुक्त रुपमा गरिएको सुपरिवेक्षण तथा निरिक्षणको क्रममा मन्दिर तिन इन्च उत्तर तर्फ ढल्लकेको प्रतिबेदन तयार पारेको बताउदै निकट भविष्यमा मन्दिरलाई पुरातत्व बिभाग द्धारा पुननिर्माण गर्ने जानकारी पाएको बताए । कुवँरले मन्दिरलाई मौलिक र कलात्मक ढाचामा बनाउन्न आफुले नेपाल सरकार अन्तरगत रहेको पुरातत्व बिभाग समक्ष आग्रह गरेको सुनाए । उनले अग्रजहरुको सल्लाह र सुझाबलाई मनन गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

 

अध्यक्ष हिकमत बहादुर कुवँरको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रशुराम शर्मा पहारी, सचिब धुर्व बराल, सल्लाहकार चुडामणि पहारी, सल्लाहकार बुद्धि बहादुर नेपाली र पुजारी निर्मल पहारीले लगाएतका वक्ताहरुले धार्मिक पर्यटकीय संस्कृति रहेको ताल बाराही भगवति मन्दिरको पुननिर्माण सहित सम्बर्द्धन गर्न छिटोभन्दा छिटो नेपाल सरकार र प्रदेश सरकारले ध्यान दिनु पर्नेमा जोड दिएका थिए । सचिब धुव्र बराल र कोषाअध्यक्ष प्रेमराज पहारीले प्रस्तुत गरेका प्रगति र आर्थिक प्रतिबेदन सभाले सर्वसम्मत पारित गरेको थियो । 
 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्