पोखरामा आयोजना हुने ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा एक हजार बढी खेलाडीको सहभागिता
कास्की | भदौ ८, २०७९
पोखरामा आयोजना हुने ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि-२ र्याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप-२०२२’ तर्फ गरी १ हजार भन्दा बढी खेलाडीले आफ्नो नामा दर्ता गराएको आयोजकले जनाएको छ ।
काठमाण्डौमा मंगलबार एक पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी बारे आयोजकले जानकारी दिएको हो । आगामी असोज ६ देखि ९ गते सम्म हुने ग्योरोगीतर्फ ८ सय ११ र पुम्सेतर्फ २ सय भन्दा वढी आफ्नो नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले बताएका हुन् । दक्षिण एशियामा नै पहिलो पटक उक्त प्रतियोगिता नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउँदै उनले ग्योरोगी र्याकिङ र पुम्से प्रतियोगिताका लागि विभिन्न एक दर्जन बढी राष्ट्रका खेलाडीहरुले आफ्नो नाम दर्ता गराइसकेको जानकारी दिए ।
पोखरामा र काठमाण्डौमा प्रतियोगिताको तयारी बारे भइरहेको प्रगती बारे पत्रकारहरुलाई जानकारी दिंदै मुल आयोजक समितिका सचिव समेत रहेका गुरुङले भने–“हामीले १ हजार ५ सय खेलाडी पोखरा आउने अपेक्षा गरेका छौं जसबाट कोभिड १९ का कारण समस्यामा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने छ ।’ पहिलो चरणको दर्ता प्रक्रिया यहि भदौ ९ गते सम्म जारी रहने तथा दोश्रो चरणको दर्ता भदौ १० बाट सुरु हुने उनले बताए । उक्त प्रतियोगितामा विश्वभरीका खेलाडीहरू, निर्णायक तथा प्रशिक्षकहरु, सहभागी खेलाडीका परिवारका सदस्यहरू र तेक्वान्दो महासंघका विशिष्ट पदाधिकारीहरूसहित २ हजार भन्दा बढीको सहभागीता हुने जनाइएको छ भने विश्वस्तरीय मेगा तेक्वान्दो प्रतियोगिता अवलोकन गर्न ५ हजार भन्दा बढी तेक्वान्दो प्रेमीहरु पोखरा आउने अपेक्षा गरिएकोे छ ।
यस अघि दुई पटक सफलता पूर्वक काठमाण्डौमा सम्पन्न भइसकेको उक्त प्रतियोगिता विश्व महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण दुई वर्ष स्थगित हुन पुगेको थियो । पोखरा रंगशालास्थित बहुुउद्धेश्यीय कभर्डहलमा आयोजना हुने प्रतियोगितामा सिनियर र जुनियरतर्फको (१४ वर्ष देखि ६० वर्ष भन्दा माथि ) क्योरोगीतर्फ महिला र पुरुष गरी विभिन्न ८ वटा तौल समुहमा गरी कुल १६ वटा तौलमा तथा पुम्सेतर्फ समेत १४ देखि ६० वर्ष भन्दा माथि एकल, जोडी र समुहमा प्रतिष्पर्धा हुने आयोजक समितिका सदस्य एवम ओलम्पियन दिपक विष्टले जानकारी दिए ।
विश्व तेक्वान्दो महासंघले नेपालमा तेक्वान्दो खेलको विकासका साथै नेपाल र पोखराको खेल पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता स्विकृती प्रदान गरेको र उक्त मेगा तेक्वान्दो प्रतियोगिता सम्पन्न गर्न करिव रु २ करोड ५५ लाख खर्च हुने आयोजक समितिका सदस्य तथा गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडेलले जानकारी गराएका थिए ।
पत्रकार सम्मेलन नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश सम्शेर राणको अध्यक्षतामा सम्पन्न भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

