बुवा–छोरीको मृत्युपछि आफन्तले गरे पोखरा–हेम्जा सडकखण्ड अवरुद्ध
कास्की | बैशाख १९, २०७९
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार कारको ठक्करबाट ज्यान गुमाएको बावु छोरीको पक्षमा न्याय माग्दै आफन्तहरुले सडक अवरुद्ध गरेका छन् । ठक्कर दिएर फरार रहेका कार चालक एन्जल बम मल्ललाई जिल्ला प्रहरी कार्यालयले पक्राउ नगरेको भन्दै करिब २ सय जनाको उपस्थितिमा पोखरा २५ स्थित याम्दी पुलमा सडक अवरुद्ध गरेका हुन् ।
उनीहरुले यसअघि विहान जिल्ला प्रहरी कार्यालय कास्की अगाडी विरोध प्रदर्शन गरेका थिए ।

पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउंदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक कुश्मा नगरपालिका ४ का ४५ वर्षिय जितबहादुर पुनको आज उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो भने उनको १८ वर्षिया छोरी सविना पुनले आइतबारनै ज्यान गुमाएका थिए ।
मृतक परिवार तथा आफन्तहरुले फरार रहेको कार चालक एन्जल बम मल्ललाई पक्राउ गरि कारवाही गर्नुपर्ने र मृतक परिवारले उचित क्षतिपूर्ती पाउनुपर्ने माग राख्दै आएका छन् ।

कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...
भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...
काठमाडौँ । नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ। उक्त प्रक्रियाका कारण नेप...

