पोखरामा फोनिजको सपथ ग्रहण तथा लेखनवृत्ति पुरस्कार वितरण
पाेखरा | भदौ १०, २०७९

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संघीय समितिमा मनोनित गण्डकीका फोनिजकर्मीहरुलाई शुक्रवार पोखरामा सपथ ग्रहण एवम् बधाई ज्ञापन गरिएको छ।
फोनिजको चितवनमा सम्पन्न सातौं अधिवेशनमा केही असहमति जनाएको गण्डकी प्रदेशका केही अग्रजहरुलाई संघीय समितिले मनोनित गराए पश्चात फोनिज गण्डकी प्रदेश समितिद्धारा आयोजित बधाई तथा लेखनवृत्ति पुरस्कार वितरण समारोहका प्रमुख अतिथि संघीय समितिका महासचिव मिलन लिम्बुले प्रमाणपत्र वितरणका साथै पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो।
मनोनितमा संघीय समिति सदस्य एवम प्रदेश इञ्चार्ज एमबी आस्थामगर, संघीय समिति सदस्य एवम आमन्त्रित सचिवालय सदस्य दिल शिरिष, संघीय समिति सदस्य मिला दरै, संघीय समिति सदस्य कमला रानामगर र संघीय संगठन विभाग सदस्य इतराज गुरुङ(आशिफ)लाई महासचिव लिम्बुले सपथ ग्रहण गराउनुभएको हो। यसैगरी संघीय समितिले हुमबहादुर गुरुङलाई संघीय समिति सल्लाहकारमा मनोनयन गरेको छ।
सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि महासचिव लिम्बुले महाधिवेशनमा कमिकमजोरी रहेता पनि अब फोनिजकर्मीहरुको बिचको एकता अझै सुदुढ हुने बताउनुभयो। केही समस्या भए पनि फोनिजको आन्तरिक आत्मसमिक्षाले एकतालाई थप सुदृढ गर्दै गण्डकी प्रदेश सशक्त ढंगले अभियानमा जुट्ने विश्वास व्यक्त गर्नुभयो। फोनिज गण्डकीले विगतदेखि उत्कृष्ठ कार्य, अभियानहरु गर्ने क्रममा पत्रकारहरुलाई लेखनतर्फ प्रोत्साहन गर्न लेखनवृत्ति प्रतियोगिता आयोजना गरी उत्कृष्ठलाई पुरस्कृत गर्नु उदाहरणीय कार्य भएको भन्दै निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो।
संघीय समितिका सल्लाहकार हुमबहादुर गुरुङले सपथ ग्रहण गर्नुभएका गण्डकीका फोनिजकर्मीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै विगतमा उत्पन्न भएका समस्याबाट पाठ सिक्दै फोनिजको मर्ममाथि कहिकतैबाट प्रहार हुन नहुने र भुगोलको प्रतिनीधित्वलाई सुनिश्चित गर्न विर्सन नहुने बताउनुभयो।उहाँले फोनिजकर्मीहरुलाई कलम चलाउन प्रोत्साहन गर्न लेखनबृत्ति प्रतियोगिता आयोजना गरिएकोमा सहभागी र उत्कृष्ठ लेखनलाई बधाई एवम् धन्यवाद व्यक्त गर्नुभयो।
सपथग्रहण पश्चात फोनिज गण्डकी प्रदेश इञ्चार्ज एमबी आस्थामगरले गण्डकीका फोनिजकर्मीहरुको एकता,फोनिजको अभियान सफल बनाउन र फोनिजको मर्मलाई गण्डकीका फोनिजकर्मीहरु इमान्दारपुर्वक जुटिरहने बताउनुभयो।
कार्यक्रममा फोनिज गण्डकीले संघीय सल्लाहकार, समिति र विभागमा मनोनित हुनुभएको फोनिजकर्मीहरुलाई बधाई एवम सम्मान गरिएको थियो भने कास्की जिल्ला अन्नपुर्ण गाउपालिका वडा नं.९को वडाध्यक्षमा निर्वाचित फोनिज कास्कीका कोषाध्यक्ष रमेश गुरुङलाई बधाई तथा सम्मान र फोनिज स्थापना दिवसमा आयोजित लेखनवृत्तिमा उत्कृष्ठ रीता गुरुङ, गोविन्द थापा मगर, श्याम राना मगर र विकास रोका मगरलाई नगदसहित पुरस्कृत गरिएको थियो।
कार्यक्रममा सम्मानित वडाध्यक्ष रमेश गुरुङ र लेखनवृत्ति पुरस्कृत गोविन्द थापाले फोनिज गण्डकीले आयोजना गरेको लेखनवृत्तिलाई अझै प्रभावकारी रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिए । कार्यक्रम फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीस मगरको अध्यक्षता कोषाध्यक्ष रत्ना गुरुङको स्वागत र सचिव सुसान्त गाहा मगरको संचालनमा सम्पन्न भएको थियो ।
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नाराय...
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ । शनिबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू...
काठमाडौं: गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधि...