नवौं राष्ट्रिय खेलकुद : कास्कीमा क्रिकेट र उसुको छनोट सम्पन्न

पाेखरा | भदौ १२, २०७९

नवौं राष्ट्रिय खेलकुद : कास्कीमा क्रिकेट र उसुको छनोट सम्पन्न


पोखरामा ३९ वर्षपछि हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कास्कीमा क्रिकेट महिला तथा पुरुष र उसुको महिला तथा पुरुष छनोट सम्पन्न भएको छ । 

 

जिल्ला खेलकुद विकास समिति कास्कीका अनुसार ति दुईसहित शनिबार अन्य दुई खेलको छनोट सम्पन्न  भएका हुन् । नवौका लागि अमृत गुरुङको कप्तानीमा दुई वैकल्पिक सहित १४ खेलाडी छनोट भएका छन् । छनोट हुने खेलाडीमा अनिल गुरुङ, मुस्कान थापा, अभिषेक थापा, सुभाष भण्डारी, आयुष सैञ्जु, कृष्ण पौडेल, किरण पौडेल, विपिन खत्री, सुदिप पौडेल, विधान श्रेष्ठ, विश्वास पराजुली, सचेत कार्की र अर्जुन कुमाल छन । त्यसै गरी बैकल्पिकमा नितेश गिरी र सिवरिन श्रेष्ठ रहेका छन् । 

 

त्यसै गरी महिला क्रिकेटतर्फ सृष्टी जैशीको कप्तानीमा १४ सहित ४ जना बैकल्पिक खेलाडी छनोट हुन सफल भएको जिल्ला खेलकुदकी कोषाध्यक्ष कञ्चन थापाले जनाएकी छन् । छनोट हुन सफल खेलाडीहरुमा सिता रेग्मी क्षेत्री (उपकप्तान), सृजना पौडेल, सुजाता थापा, गंगा बस्नेत, पेम्वा लेम्वु शेर्पा, यशोदा भुजेल, विनिता नेपाली, श्रद्धा गुरुङ, एलिना विक, सजना खत्री, रचना चौधरी, विन्दु थापा र सम्झना विक रहेका छन् । त्यसै गरी वैकल्पिकमा विनिता सिग्देल, आश्ना पौडेल, रिया गुरुङ र शुसिला तामाङ रहेका छन् ।

 

उसुमा छनोट हुन सफल खेलाडीहरु


कास्की जिल्लामा सम्पन्न उशुतर्फ महिला र पुरुष गरी १९ जना खेलाडी छनोट हुन सफल भएका छन । 

 

उसुको पुरुष सान्सौतर्फ विभिन्न तौलमा ९ जना र महिलातर्फ ७ गरी १६ जना र छानछवान पुरुषतर्फ मिग्मा छिरिङ लामा, महिलातर्फ सोफिया गुरुङ, नानछवान पुरुषतर्फ निश्चल रोक्का, महिलातर्फ विनिता राई, थाइची  छवान पुरुषतर्फ प्रयास मगर छनोट हुन सफल भएका छन् । 


 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्