एकै परिवारका दाजु, भाइ र बहिनीबीच चुनावी प्रतिस्पर्धा

काठमाडाैं | बैशाख २०, २०७९

एकै परिवारका दाजु, भाइ र बहिनीबीच चुनावी प्रतिस्पर्धा

नुवाकोट, वैशाख २० गते । स्थानीय तह सदस्य निर्वाचनमा विदुर नगरपालिका–८ मा एकै परिवारका तीन सदस्यबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धीहरू एकै आमाबुवाका तीन सन्तान हुन् भने उनीहरूले प्रतिनिधित्व गर्ने पार्टी भने फरकफरक रहेको छ ।

 

वडामा प्रतिस्पर्धा गर्न लागेका सहोदर दाजु, भाइ र बहिनीमा नेकपा एमालेका तर्फबाट खुला सदस्यमा सम्मरबहादुर रिमाल, गठबन्धनका तर्फबाट नेपाली काँग्रेसबाट महिला सदस्यमा देवकुमारी खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुला सदस्यमा ईश्वरबहादुर रिमाल हुनुहुन्छ ।

 

आमाबुवाका पाँच सन्तानमध्ये सम्मर जेठा र ईश्वर माइला हुनहुहुन्छ भने विवाहित देवकुमारी एक्ली छोरी हुनुहुन्छ । एकै परिवारका फरकफरक पार्टीबाट चुनावमा वडामै मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । दुई निर्वाचन केन्द्र रहेको विदुर नगरपालिका–८ मा तीन हजार ३३८ मतदाता रहेका छन् ।

गाेरखापत्रबाट साभार

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्