एएफसीले लगायो एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना

काठमाडाैं | भदौ १३, २०७९

एएफसीले लगायो एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना

काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जरिवाना गरेको छ।

 

कुवेतमा भएको एएफसी एसियन कप छनोटको दौरान प्रतियोगिताको विभिन्न आचारसंहिता उलंघन गरेको भन्दै एएफसीले एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना गरेको हो ।

 

एएफसीको अनुशासन तथा इथिक कमिटिले एसियन कप छनोट अन्तर्गत जुन १४  इन्डोनेसियाविरुद्धको खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेल अघि ड्रेसिङ रुपमा प्रवेश गरेको र खेलपछि एक्रिडिटेशन कार्ड लिएर मैदान प्रवेश गरेको कारण ६ हजार डलर जरिवाना गरिएको जनाएको छ ।

 

कुवेत र जोर्डनविरुद्धको खेलमा पहेलो कार्ड पाएको कारण इन्डोनेसियाविरुद्धको खेलमा अब्दुल्लाह निलम्बनमा रहेका थिए ।

 

त्यस्तै इन्डोनेसियाविरुद्धको खेलको पहिलो हाफ सुरु हुन ढिलाइ गर्दा एन्फालाई थप १ हजार अमेरिकी डलर जरिवाना गरिएको एएफसीले जनाएको छ ।

 

एन्फाले जरिवानाको २५ प्रतिशत ९० दिनभित्र तिर्नुपर्ने र बाँकी रकम दुई वर्षभित्र तिर्न पाईनेछ । 

 

एएफसीले यस घटनालाई पुनस् दोहोराएमा एन्फालाई कडा सजाय दिईनेबारे एन्फालाई सचेत गराएको छ  ।
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्