पोखरामा ‘ग्लोबल एजुकेशन फेयर २०२२’ हुदैं
पाेखरा | भदौ १६, २०७९
पोखरा । पोखरामा ओली एण्ड एशोसिएटले ‘ग्लोबल एजुकेशन फेयर २०२२’ आयोजना गर्ने भएको छ ।
उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै आगामी २३ र २४ गते ‘ग्लोबल एजुकेशन फेयर २०२२’ अर्थातः विश्व शिक्षा मेला आयोजना हुने भएको हो ।
पोखराको जिरो किलोमिटरस्थित शान्ति निवासको तस्रो तल्लामा मेला सञ्चालन हुने एसोसिएट पोखरा प्रमुख तिलक लामिछानेले बताए ।
‘ग्लोबल एजुकेशन फेयर’ विद्यार्थीहरुका लागि समर्पित गरिएको हो, उनले भने, ‘यस विश्व शैक्षिक मेलाबाट विदेशमा रही थप अध्ययन गर्न र विदेशमा गई अध्ययन गर्न इच्छुक विद्यार्थीहरुको लागि फाइदाजनक हुनेछ ।’
लामिछानेका अनुसार सो मेलामा ‘विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके, न्युजील्याण्ड र अमेरिका लगायतका देशहरुको बोरमा बुझ्न र सम्बन्धित परामर्शदाताहरुलाई भेट्ने अवसर प्राप्त गर्नेछन् ।
मेलामा प्रवेश निशुल्क रहेको बताउदै लामिछानेले ‘ग्लोबल एजुकेशन फेयर २०२२’ सफलताको साथ सम्पन्न गर्न र वैदशिक अध्ययनको लागि जान इच्छुक विद्यार्थीहरुलाई मेलाको लाभ उठाउन आग्रह गरे ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

