बागलुङ क्षेत्र नं २ बाट डा. आरजु राणा सिफारिस
बाग्लुङ | भदौ १८, २०७९
गलकोट : नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नं २ बाट प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवासहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ ।
नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ को आज बसेको बैठकले डा. आरजु राणा देउवासहित नेपाली कांग्रेस सभापति जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा शान्तराज आचार्य र सिंहबहादुर राणाको नाम सिफारिस गरिएको बागलुङ क्षेत्र नं २ का क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिनुभयो । बुढाका अनुसार बागलुङ क्षेत्र नं २ मा नेपाली कांग्रेस बलियो सङ्गठन रहेको भन्दै गठबन्धमा भागबण्डा मिलाउँदा उक्त क्षेत्र कांग्रेसले पाउनुपर्ने बताउनुभयो ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

