गण्डकी प्रदेश स्तरीय खेलकुद: एथलेटिक्समा ९ स्वर्ण जित्दै कास्की प्रथम, गोरखा द्वितिय

पाेखरा | भदौ १९, २०७९

गण्डकी प्रदेश स्तरीय खेलकुद: एथलेटिक्समा ९ स्वर्ण जित्दै कास्की प्रथम, गोरखा द्वितिय

 

 पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरीय एथलेटिक्समा ९ वटा स्वर्ण पदक जित्दै कास्की प्रथम भएको छ ।

 

पोखरा रंगशालामा शनिबार सम्पन्न एथ्लेटिक्सको विभिन्न स्पर्धामा कुल ९ स्वर्ण पदक जित्दै कास्की प्रथम भएको हो । प्रतियोगितामा कास्कीले ४ रजत र ३ कास्यपदक जितेको छ ।

 

त्यस्तै गोरखाले ६ वटा स्वर्ण, ३ वटा रजत र एक कास्य पदक जित्दै दोस्रो बन्यो । नवलपुरले ४ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै तेस्रो स्थान प्राप्त गरेको छ ।

 

प्रतियोगितामा ५ हजार मिटर महिलातर्फ स्याङजाकी जानकी खरालले २१ मिनेट ५० सेकेण्डमा पुरा गर्दै प्रथम भइन् । यस्तै उक्त दुरी २१ मिनेट ५७ सेकेण्डमा पुरा गर्दै तनहुँकी नम्रता गुरुङ दोस्रो हुँदा पर्वतकी संगीता विक तृतिय भइन् । उनले निर्धारित दुरी २२ मिनेट ४८ सेकेण्डमा पुरा गरिन् । पुरुषतर्फ गोरखाका दिनेश बोगटी प्रथम, गोरखाकै नवराज गुरुङ द्वितिय र पर्वतका आशिष कुँवर तृतिय भएका छन् । प्रतियोगितामा निर्धारित दुरी बोगटीले १६ मिनेट २० सेकेण्ड, गुरुङले १६ मिनेट ४४ सेकेण्ड र कुवरले १६ मिनेट ४७ सेकेण्डमा पुरा गरेका थिए ।

८ सय मिटर पुरुष दौडतर्फ पर्वतका अनिल कुवर प्रथम, गोरखाका विकास पोखरेल द्वितिय,  नवलपुरका नारायण चौधरी तृतिय भए । कुवरले सो दुरी २ मिनेट ४ सेकेण्डमा पुरा गर्दै प्रथम भएका हुन् । पोखरेलले  २ मिनेट ६ सेकेण्ड ३१ मिलिसेकेण्ड र चौधरीले २ मिनेट ६ सेकेण्ड ६६ मिलिसेकेण्डमा पुरा गरेका थिए । सोही विधाको महिलातर्फ २ मिनेट ४४ सेकेण्डमा पुरा गर्दै स्याङ्जाकी चन्द्रकला खराल प्रथम, २ मिनेट ५२ सेकेण्डमा दुरी पुरा गरेकी नवलपुरकी यमुना थापा द्वितिय र २ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै बाग्लुङकी पार्वती नेपाली तृतिय भईन् ।

 

त्यसैगरि ४ सय मिटर पुरुष दौडतर्फ नवलपुरका नारायण चौधरी, लमजुङका विमित भुजेल र नवलपुरकै प्रकाश महतो क्रमश प्रथम, द्वितिय र तृतिय भए । चौधरीले ५२ सेकेण्ड, भुजेलले ५४ सेकेण्ड ६२ मिलिसेकेण्ड र महतोले ५४ सेकेण्ड ६३ मिलिसेकेण्डमा सो दुरी पुरा गरे । महिलातर्फ स्याङ्जाकी चन्द्रकला खराल प्रथम, कास्कीकी सविना खातुन मिया र रितु भण्डारी क्रमशः द्वितिय र तृतिय भए । प्रतियोगितामा खरालले १ मिनेट १०सेकेण्डमा उक्त दुरी पुरा गरिन् । सबिनाले १ मिनेट १२ सेकेण्डमा पुरा गर्दा भण्डारीले १ मिनेट १४ सेकेण्ड लगाइन् ।

 

२ सय मिटर दौडमा महिलातर्फ २९ सेकेण्ड ५० मिलिसेकेण्डमा पुरा गर्दै कास्कीकी अनिसा भण्डारी प्रथम भईन् । तनहुँकी निशा घर्तिले ३० सेकेण्डमा पुरा गर्दै दोस्रो भइन् । भने नवलपुरकी अप्सरा विकले ३२ सेकेण्डमा सो दुरी पुरा गरिन् । यस्तै पुरुषतर्फ कास्कीका सुदिप जोशी प्रथम भए । उनले  २४ सेकेण्ड १९ मि.सि.मा उक्त दुरी पुरा गरे ।  नवलपुरका समिर महतोले २४ सेकेण्ड ६६ मि.सि. लगाएर पुरा गर्दै द्वितिय भने तृतिय भएका तनहुँका प्रभ बहादुर थापाले २४ मिनेट ३ सेकेण्डमा पुरा गरे ।

 

पुरुष हाईजम्पतर्फ कास्कीका सागर नेपाली प्रथम, नवलपुरका रिख बहादुर घर्ति द्वितिय र नवलपुरकै ओमबहादुर मस्राङ्गी तृतिय भए । यस्तै महिलातर्फ लम्जुङकी सिमा श्रेष्ठ प्रथम , तनहुँकी तिर्था ढकाल द्वितिय र कास्कीकी कुसुम रानामगरले तृतिय स्थान प्राप्त गरिन् ।

 

त्यस्तै ज्याभ्लिन थ्रोमा पुरुषतर्फ लम्जुङका तिर्थमान तामाङ, मनाङका विकासबाबु बराम र लम्जुङका यूनिक तामाङ क्रमशः प्रथम, द्वितिय र तृतिय भए । महिलातर्फ तनहुँकी विनिता कार्की प्रथम, सोनु नेपाली द्वितिय र विनिसा राना तृतिय भइन् ।

 

त्रिपलजम्पमा पुरुषतर्फ नवलपुरका नारायण चौधरी, नवलपुरकै समिर महतो र पर्वतका शंकर कुँवर क्रमशः प्रथम, द्वितिय र तृतिय भए ।

 

महिला डिक्स थ्रो स्पर्धामा कास्कीकी सोनु नेपाली प्रथम, गोरखाकी मञ्जु गुरुङ द्वितिय र नवलपुरकी लक्ष्मी थनेत तृतिय भएको जिल्ला एथ्लेटिक्स कास्कीका उपाध्यक्ष इन्द्र मल्लले जानकारी दिइन् ।

पोखरा:   अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्ट...

थप पढ्नुहोस्

म्याग्दी: म्याग्दीमा घरजग्गामा महिलाको स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र शसक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो । सरकारले महिला, दलित तथा जनजात...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिने भएको छ।  कारागार व्यवस्थापन विभागले लामिछानेको निवेदन अ...

थप पढ्नुहोस्