‘सागर, बसन्ते, किस्ने सबहरू नडरा के केटाहो’ भन्दै भाइरल बनेका रेग्मी पक्राउ

कपिलवस्तु | बैशाख २१, २०७९

‘सागर, बसन्ते, किस्ने सबहरू नडरा के केटाहो’ भन्दै भाइरल बनेका रेग्मी पक्राउ

कपिलवस्तु:    केही दिनदेखि म्यादी हुँ भनी अभद्र भिडियो सार्वजनिक गर्दै सामाजिक सञ्जालमा छाएका एक युवक पक्राउ परेका छन् । कपिलवस्तु प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् । 

 

एसएसपी विष्णु केसीका अनुसार पक्राउ पर्ने व्यक्ति म्यादी प्रहरी होईनन् । उनले आफ्नो फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरी पोशाक प्रयोग गरेका थिए । 

 

भिडियोमा के थियो?

सेल्फी भिडियोमा रेग्मीले आफू म्यादी प्रहरी भएको बताएका छन् । भिडियोमा ती युवकले भनेका छन्, (उनकै भाषमा) ‘सागर, बसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खान मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी ।’ 

 

रेग्मी त्यतिमै रोकिन्नन्, उनी थप्छन्, ‘माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’   एसएसपी केसीका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।


 

रुकुम पूर्व:  रुकुम पूर्वको भुमे गाउँपालिका १ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । हिजो बेलुका भुमे १ स्यावालस्थित मध्यपहाडी लोक मार्गको लुगुम(पाटी हाल्ने सडक खण्डमा लुगु...

थप पढ्नुहोस्

गुल्मी: गुल्मीस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।  मालिका– ३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्र...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो  सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचन...

थप पढ्नुहोस्