मल्ललाई दिउँसो ४ बजे सार्वजनिक गर्दै कास्की प्रहरी
कास्की | बैशाख २१, २०७९
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले आज दिउँसो ४ बजे कार चालक एन्जिल बम मल्लाई सार्वजनिक गर्ने भएको छ ।
आइतबारदेखि फरार रहेका कुश्मा नगरपालिका १ पर्वतका २७ वर्षिय मल्लाई काठमाण्डौबाट पक्राउ गरी आज पोखरा ल्याएको थियो । उक्त पत्रकार सम्मेलनमा मल्ल सहित कर्तव्य ज्यान मुद्धाका अर्का एक व्यक्तिलाई समेत सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गत आइतबार कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार ग ३ च ३५२५ नम्बरको कारले ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा कुश्मा नगरपालिका ४ पर्वतका ४५ वर्षिय जित बहादुर पुन र छोरी १८ वर्षिया सविना पुनको मृत्यु भएको थियो ।
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...

