क्यानडामा चक्कु प्रहारबाट १० जनाको मृत्यु १५ घाइते
काठमाडाैं | भदौ २०, २०७९
काठमाडौं। क्यानडाको सास्काचेवान प्रान्तमा चक्कु प्रहारबाट १० जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन् ।
जेम्स स्मिथ क्री नेसन र वेल्डनलगायत १३ वटा छुट्टाछुट्टै ठाउँमा छुरा प्रहार भएको सास्काचेवान प्रान्तका प्रहरीले जनाएको छ ।
चक्कु आक्रमणमा दुई जना संलग्न रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीलाई जनाएको छ ।
घटनामा संलग्न रहेका उनीहरुको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिएको छ । त्यहाँका प्रहरीले उनीहरुको तस्बिर सार्वजनिक गर्दै कतै आश्रय नदिन र गाडीमा लिफ्ट पनि नदिन आग्रह गरेका छन् ।
आरोपित दुई जनालाई पक्राउ गर्न ठाउँठाउँमा चेकप्वाइन्ट बनाइएको छ । आक्रमणको फेरि पनि जोखिम रहेको भन्दै त्यहाँका सबै नागरिकका मोबाइलमा सावधानी अपनाउन म्यासेज गरिएको खबरमा उल्लेख छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

