योगदान गर्ने व्यक्तिको सम्मानार्थ ३० लाखसम्मको अक्षयकोष
पाेखरा | भदौ २०, २०७९

कास्की : नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले पार्टीमा योगदान पुर्याएका व्यक्तिलाई सम्मानार्थ रु ३० लाखसम्मको अक्षयकोष स्थापना गर्ने भएको छ ।
समितिको आज सम्पन्न बैठकले पार्टीमा योगदान गरेका व्यक्तिको सम्मानार्थ अक्षयकोष स्थापनासँगै विभिन्न निर्णय गरेको पार्टीका प्रवक्ता माधवप्रसाद बाँस्तोला (मधु) ले जानकारी दिनुभयो ।
पार्टीले यही भदौ २४ गते बिपी जयन्तीका अवसरमा बिपी स्मृति पुस्तकालय र सूचना सञ्चार तथा प्रचारप्रसार विभागकोे कक्ष उद्घाटन गर्ने भएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा पार्टी केन्द्रीय कार्यालयको परिपत्रअनुसार गण्डकी प्र्रदेशका ११ जिल्लाबाट रायसहित सिफारिस भई आएका प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्ष तथा समानुपातिकका आकाङ्क्षी उम्मेदवार सबैको नामका विषयमा छलफल गरिएको छ । आकाङ्क्षीको नामावलीमा आवश्यक राय तय गर्न प्रदेशका पदाधिकारीलाई जिम्मा दिने बैठकले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीको ममतामयी माता दमयन्ती भण्डारीको ९६ वर्षको उमेरमा असामयिक निधन भएकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
पोखरा: जेन–जी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचनामार्फत जनाएको छ । कार्यालयले घाइते लाई परिचयपत्र र भैपरी खर्च वितरण गरिने पनि बताएको छ । ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले एटीएमबाट दिने सुविधाका सीमाहरूलाई फेरबदल गरेको छ। राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै प्रिपेड, डेबिट र क्र...
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ...